
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेद्वारा लामा पुरनको बिदाइ गरेको छ ।
मंगलबार २ अप्रिलका दिन बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ र आमा प्रमुख जगना गुरुङले खादा लगाई बिदाइ गर्नुभएको हो ।
पोखरास्थित बौद्ध अर्घौं सदनमा कार्यरत लामा गुरुङ बीसीसी युकेका निमन्त्रणमा गत अक्टोबरमा न्यूग्नी व्रतका लागि बेलायत आएका हुन् । लामा गुरुङले बीसीसी युकेले अक्टोबरमा आयोजना गरेको न्यूग्नी व्रत पूजा, गत नोभेम्बरदेखि जनवरीसम्म वाचन गरिएको कंग्यूर तथा तेंग्यूर पाठ साथसाथै बौद्ध परम्परामा आधारित विभिन्न पूजापाठ तथा कर्मकाण्डमा आवद्ध भएका थिए ।
उक्त बिदाइमा बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, खैबा कर्म, अध्यक्ष हर्कबहादुर गुरुङ, पूर्व अध्यक्ष नरेश गुरुङ, महासचिव मेजर हितमान गुरुङ, आमा प्रमुख जगना गुरुङ, आमा उपाध्यक्ष शारदा गुरुङ, आमा सहसचिव पवित्र गुरुङलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सो अवसरमा लामा गुरुङले बीसीसी अध्यक्ष हर्कबहादुर गुरुङलगायत सिंगो कार्यसमिति, आमाहरु, भक्तजनहरु र शुभचिन्तकहरुमा आफूले पाएको माया, साथ र सहयोगका लागि धन्यवाद ज्ञापन गरे । त्यस्तै, लामा गुरुङलाई बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, पूर्व अध्यक्ष नरेश गुरुङ, आमा उपाध्यक्ष शारदा गुरुङ, आमा सहसचिव पवित्र गुरुङलगायत भक्तजन एवं भक्तजनहरुले हिथ्रो विमानस्थलसम्म पुर्याउन गएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा