
काठमाडौँ । बेलायतबासी साहित्यकार कृष्ण बजगाईंका दुई कृति ‘नग्न स्वप्न’(लघुकथा सङ्ग्रह) र ‘युङ्फ्राउ’(नियात्रा सङ्ग्रह)को आज विमोचन गरिएको छ । यी दुवै कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
बेलायतमा कार्यरत वरिष्ठ चिकित्सक डा शम्भु आचार्य, साहित्यकार प्रा डा लक्ष्मणप्रसाद गौतम, प्रा डा लेखप्रसाद निरौला, डा फणीन्द्रराज निरौला, श्रीओम श्रेष्ठ रोदन, लेखक बजगाईं र प्रकाशक केशव पराजुलीले दुवै कृति विमोचन गर्नुभएको हो । आख्यान, नियात्रा र कवितामा कलम चलाउने बजगाईंको नियात्रासङ्ग्रहमा स्वीट्जरल्याण्ड, ग्रिस र पोर्चुगलका २७ वटा यात्रानुभूति समावेश गरिएका छन् । उहाँको लघुकथा सङ्ग्रहमा ६१ कथा समावेश छन् । हाल बेलायतमा बस्दै आउनुभएका साहित्यकार बजगाईंका हालसम्म १७ कृति प्रकाशित भइसकेका छन् ।
कार्यक्रममा समालोचक डा फणीन्द्रराज निरौलाले बजगाईंको नियात्रासङ्ग्रह पारिवारिक भ्रमणको सँगालोमा आधारित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँको यो पाँचौँ नियात्रा कृति हो । यो रोचक र महत्वपूर्ण छ । यसमा उहाँले विभिन्न देशका भ्रमणयात्रा समेट्नुभएको छ । साँस्कृतिक उत्खनन पनि भेटिन्छ ।”
समीक्षात्मक टिप्पणी गर्दै प्रा डा लेखप्रसाद निरौलाले अघिल्लो कृतिभन्दा यो बढी कसिलो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँको नियात्राले ऐतिहासिक उत्खनन गरेको हुन्छ । नियात्रा पढ्दा लाग्छ उहाँलाई प्राचीन सभ्यताको चिन्ता छ । उहाँको नियात्राले सूचना पनि प्रदान गरिरहेको हुन्छ ।”
बजगाईंका यसअघि ‘संवैधानिक पत्नी’, ‘कवच’, ‘रोडम्याप’, ‘यन्त्रवत्’लगायत लघुकथा सङ्ग्रह प्रकाशित भइसकेका छन् भने नियात्रा सङग्रहमा ‘उमिहोतारु’, ‘भाया साक्रा’, ‘युरेसियाको स्पर्श’ लगायत प्रकाशित भइसकेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा