
लण्डन । बेलायतकी युवराज्ञी केट क्यान्सर रोगबाट ग्रसित भई हाल उपचाररत रहेको शुक्रबार सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री ऋषि सुनकले भावी महारानी क्याथरिन क्यान्सरको उपचार गरिरहेको शुक्रबार सार्वजनिक गरेका थिए । त्यसलगत्तै केटले एक भिडियो सार्वजनिक गर्दै आफू क्यान्सर रोगसित लडिरहेको बताएकी छिन् ।
भिडियो म्यासेजमा उनले आफूलाई क्यान्सर भएको थाहा पाउँदा ठूलो झट्का लागेको र केही महिनासम्म असाध्यै गाह्रो भएको बताएकी छिन् । अहिले राम्रो हुँदै गरेको र हरेक दिन सुधार हुँदै गरेको पनि उनले बताएकी छिन् ।
उनले जनवरीमा मात्र पेटको शल्यक्रिया गरेकी थिइन् । त्यस शल्यक्रियाको टेष्टको परिणाम दिँदा क्यान्सर भेटिएको र त्यसको उपचारका लागि सुझाव दिइएपछि फेब्रुअरीमा आफू केमोथेरापी गरिरहेको उनले जानकारी दिएकी छिन् ।
४२ वर्षीया तीन सन्तानकी आमा केटले क्यान्सरबाट ग्रसित बिरामीहरुलाई हौसला दिँदै आशा गर्न नछाड्न पनि आग्रह गरेकी छिन् ।
केटको स्वास्थ्यवस्थाका बारेमा आफैँ क्यान्सरको उपचार गराइरहेका राजा चार्ल्स र रानीलाई जानकारी दिइएको बताइएको छ ।
शल्यक्रियाबाट सार्वजनिक रूपमा नदेखिएकी युवराज्ञी केटका बारेमा सामाजिक सन्जालमा विभिन्न अफवाह फैलिएका छन् । हालै आमा दिवसका दिन उनले सार्वजनिक गरेको तस्वीरले पनि उनीप्रति विभिन्न आलोचना बर्सिएका थिए । तथापि उनको पछिल्लो स्वास्थवस्था सार्वजनिक भएपछि उनीप्रति सहानुभूति बर्सिरहेको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास