
लण्डन । बेलायतमा नयाँ पासपोर्ट बनाउन तथा पुराना पासपोर्ट नवीकरण गर्ने शुल्क वृद्धि भएको छ ।
आगामी अप्रिल ११ देखि लागू सो वृद्धिअनुसार एक वयस्कका लागि ३४ पृष्ठको पासपोर्ट बनाउनका लागि अनलाइनबाट आवेदन गर्दा ८८ पाउण्ड ५० पेन्स लाग्ने छ । यसअघि सो शुल्क ८२ पाउण्ड ५० पेन्स थियो । यस्तै, हुलाकबाट आवेदन गर्दा १०० पाउण्ड लाग्नेछ । वृद्धि हुनुपूर्व ९३ पाउण्डमा हुलाकबाट आवेदन दिएर पासपोर्ट बनाउन मिल्थ्यो ।
यस्तै, बालबालिकाका लागि अनलाइनबाट आवेदन गर्दा अब प्रति बच्चा ५७ पाउण्ड ६० पेन्स लाग्ने छ । यसअघि सो शुल्क ५३ पाउण्ड ५० पेन्स थियो । हुलाकबाट आवेदन गर्दा भने ६९ पाउण्ड लाग्नेछ । पहिले सो शुल्क ६४ पाउण्ड थियो ।
यस्तै, बेलायतबाहिरबाट बेलायती पासपोर्टका लागि अनलाइनबाट आवेदन गर्दा अब १०१ पाउण्ड लाग्नेछ भने हुलाकबाट आवेदन गर्दा ११२ पाउण्ड ५० पेन्स लाग्नेछ । यसअघि सो शुल्क क्रमश ९४ पाउण्ड र १०४ पाउण्ड ५० पेन्स रहेको थियो ।
बेलायतबाहिरबाट बच्चाहरुको पासपोर्ट अनलाइनबाट आवेदन गर्दा अब ६५ पाउण्ड ५० पेन्स र हुलाकबाट आवेदन गर्दा ७७ पाउण्ड लाग्नेछ ।
बेलायतको गृह मन्त्रालयले पासपोर्ट नयाँ बनाउँदा वा नविकरण गर्दा लाग्ने शुल्क बढाउनुको कारण हुलाक वा कुरियरबाट पासपोर्ट पठाउँदा लाग्ने खर्च बढ्नु रहेको जनाएको छ । सरकारले पासपोर्ट बनाएर नाफा नकमाउने पनि मन्त्रालयले प्रष्ट पारेको छ ।
यसअघि सन् २०२३ को फेब्रुअरीमा पनि बेलायत सरकारले पासपोर्ट बनाउँदा लाग्ने शुल्क बढाएको थियो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण