
लण्डन । बेलायतमा नयाँ पासपोर्ट बनाउन तथा पुराना पासपोर्ट नवीकरण गर्ने शुल्क वृद्धि भएको छ ।
आगामी अप्रिल ११ देखि लागू सो वृद्धिअनुसार एक वयस्कका लागि ३४ पृष्ठको पासपोर्ट बनाउनका लागि अनलाइनबाट आवेदन गर्दा ८८ पाउण्ड ५० पेन्स लाग्ने छ । यसअघि सो शुल्क ८२ पाउण्ड ५० पेन्स थियो । यस्तै, हुलाकबाट आवेदन गर्दा १०० पाउण्ड लाग्नेछ । वृद्धि हुनुपूर्व ९३ पाउण्डमा हुलाकबाट आवेदन दिएर पासपोर्ट बनाउन मिल्थ्यो ।
यस्तै, बालबालिकाका लागि अनलाइनबाट आवेदन गर्दा अब प्रति बच्चा ५७ पाउण्ड ६० पेन्स लाग्ने छ । यसअघि सो शुल्क ५३ पाउण्ड ५० पेन्स थियो । हुलाकबाट आवेदन गर्दा भने ६९ पाउण्ड लाग्नेछ । पहिले सो शुल्क ६४ पाउण्ड थियो ।
यस्तै, बेलायतबाहिरबाट बेलायती पासपोर्टका लागि अनलाइनबाट आवेदन गर्दा अब १०१ पाउण्ड लाग्नेछ भने हुलाकबाट आवेदन गर्दा ११२ पाउण्ड ५० पेन्स लाग्नेछ । यसअघि सो शुल्क क्रमश ९४ पाउण्ड र १०४ पाउण्ड ५० पेन्स रहेको थियो ।
बेलायतबाहिरबाट बच्चाहरुको पासपोर्ट अनलाइनबाट आवेदन गर्दा अब ६५ पाउण्ड ५० पेन्स र हुलाकबाट आवेदन गर्दा ७७ पाउण्ड लाग्नेछ ।
बेलायतको गृह मन्त्रालयले पासपोर्ट नयाँ बनाउँदा वा नविकरण गर्दा लाग्ने शुल्क बढाउनुको कारण हुलाक वा कुरियरबाट पासपोर्ट पठाउँदा लाग्ने खर्च बढ्नु रहेको जनाएको छ । सरकारले पासपोर्ट बनाएर नाफा नकमाउने पनि मन्त्रालयले प्रष्ट पारेको छ ।
यसअघि सन् २०२३ को फेब्रुअरीमा पनि बेलायत सरकारले पासपोर्ट बनाउँदा लाग्ने शुल्क बढाएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा