लण्डन । धरानमा मेयर हर्क साम्पाङ राईको पहलमा धरानमा निर्माण गरिन लागेको सुम्निमा-पारुहाङको प्रतिमा बनाउनका लागि किरात राई यायोख्या बेलायतले आर्थिक सहयोग गरेको छ ।
चन्द्रबहादुर राई अध्यक्ष रहेको किराया बेलायत संघीय कार्यसमितिले धरानको चिन्नेडाँडामा निर्माण गरिन लागेको सो प्रतिमाका लागि १ लाख रुपियाँ सहयोग उपलब्ध गराएको हो ।
सो सहयोग धरानमा आयोजित एक कार्यक्रममा मेयर हर्क साम्पाङ राईलाई हस्तान्तरण गरियो ।
हस्तान्तरण पत्रमा यायोख्याले सुम्निमा पारुहाङको प्रतिमा निर्माण हुन लागेको खबरले बेलायतबासी किरात राई र गैरकिरातहरुमा हर्ष छाएको बताइएको छ । साथै मेयर राईको कार्यमा ऐक्यवद्धता पनि प्रकट गरेको छ ।
सो अवसरमा मेयर राईले यसरी प्राप्त सहयोगले काम गर्न प्रोत्साहन मिलेको बताए । सुम्निमा पारुहाङको प्रतिमाले बिर्सिएको इतिहासलाई पुनर्ताजगी गराउने विश्वास पनि मेयर राईले व्यक्त गरे । उनले अहिलेसम्ममा सो प्रतिमाका लागि १ करोडभन्दा बढी सहयोग उठिसकेको पनि जानकारी दिए ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण