किराया बेलायतद्वारा सुम्निमा-पारुहाङको प्रतिमा बनाउन सहयोग

लण्डन । धरानमा मेयर हर्क साम्पाङ राईको पहलमा धरानमा निर्माण गरिन लागेको सुम्निमा-पारुहाङको प्रतिमा बनाउनका लागि किरात राई यायोख्या बेलायतले आर्थिक सहयोग गरेको छ ।

चन्द्रबहादुर राई अध्यक्ष रहेको किराया बेलायत संघीय कार्यसमितिले धरानको चिन्नेडाँडामा निर्माण गरिन लागेको सो प्रतिमाका लागि १ लाख रुपियाँ सहयोग उपलब्ध गराएको हो ।

सो सहयोग धरानमा आयोजित एक कार्यक्रममा मेयर हर्क साम्पाङ राईलाई हस्तान्तरण गरियो ।

हस्तान्तरण पत्रमा यायोख्याले सुम्निमा पारुहाङको प्रतिमा निर्माण हुन लागेको खबरले बेलायतबासी किरात राई र गैरकिरातहरुमा हर्ष छाएको बताइएको छ । साथै मेयर राईको कार्यमा ऐक्यवद्धता पनि प्रकट गरेको छ ।

सो अवसरमा मेयर राईले यसरी प्राप्त सहयोगले काम गर्न प्रोत्साहन मिलेको बताए । सुम्निमा पारुहाङको प्रतिमाले बिर्सिएको इतिहासलाई पुनर्ताजगी गराउने विश्वास पनि मेयर राईले व्यक्त गरे । उनले अहिलेसम्ममा सो प्रतिमाका लागि १ करोडभन्दा बढी सहयोग उठिसकेको पनि जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री