
लण्डन । चाथाम केन्टमा नयाँ नेपाली रेष्टुराँ शुरु भएको छ ।
चाथाम न्यूरोडमा रहेको गोर्खा फायर रेष्टुराँको स्थानीय मेडवे काउन्सिल मेयर नीना गुरुङले एक समारोहका बीच सो रेष्टुराँको उद्घाटन गर्नुभएको हो ।
सो रेष्टुराँमा केशव कँडेल र राजु कँडेलको लगानी रहेको छ । दुवै जना पेशाले सेफ हुन् । उनीहरुले लण्डनको नामुद डिसुम रेष्टुराँमा काम गरिसकेका छन् ।
पहिलेको बारुण यन्त्र रहेको ठाउँमा उनीहरुले रेष्टुराँ शुरु गरेका हुन् । बारुण यन्त्र रहेको स्थान लामो समय बन्द रहेको थियो । त्यसपछि मेडवे काउन्सिलले लाखौँ पाउण्ड लगानी गरी व्यापारिक प्रयोजनका लागि २०१९ मा खुला गरेको थियो ।
“हामीहरुको हालसम्मको सोख र अनुभवबाट हाम्रा ग्राहकलाई उत्तम सेवा दिने छौँ”, कँडेलद्वयले भने । अहिलेसम्म पाएको ग्राहकको प्रतिक्रियाबाट आफूहरु उत्साहित भएको र आफूहरुको खाना र सेवाले यो क्षेत्रमा केही विशेष ल्याउनेमा उनीहरुले विश्वास व्यक्त गरे ।


सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा