
काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ साहित्यकार, गायक तथा संगीतकार गणेश रसिकलाई ‘प्रतिभा सम्मान–२०२३’ प्रदान गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँला र प्रतिष्ठानका पूर्वअध्यक्ष तथा युद्ध साहित्यका स्रष्टा गणेश राईले भादगाउँले टोपी, फूलमाला, दोसल्लासहित उक्त सम्मान प्रदान गर्नुभएको हो ।
सम्मानको राशी ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
यसैगरी, कवि तथा पत्रकार प्रदीप मेन्याङबोलाई ‘प्रतिभा पुरस्कार–२०२३’ बाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशी १ लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ ।
सम्मानित साहित्यकार रसिकका बारेमा पत्रकार तथा निबन्धकार देवेन्द्र भट्टराईले चर्चा गरेका थिए । यसैगरी कवि मेन्याङ्बोका बारेमा पत्रकार सीता मादेम्बाले चर्चा गरेकी थिइन् ।
प्रमुख अतिथि काइँलाले नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले गायन, संगीत, लेखन, प्रशासनमा ख्यातिप्राप्त गणेश रसिकलाई सम्मान गरेर न्याय गरेको बताए । यसैगरी मुन्धुम अध्ययन र मुन्धुम मिथकलाई लिएर कविता सिर्जना गर्ने कवि मेन्याङ्बोले सम्मान पाउनु नयाँ पुस्ताका लागि सराहनीय पक्ष रहेको उल्लेख गरे । ‘मुन्धुमको विभिन्न पक्षमध्ये यौन एउटा ठूलो कुरा हो, पहिला समाजले आमामात्रै चिन्थ्यो बाबु चिन्दैनथ्यो,’ आदिम युगको चर्चा गर्दै काइँलाले भने, ‘यिनै सामाजिक, सांस्कृतिक विषयलाई कविता र निबन्ध लेखनमा अघि बढ्दै गरेका नयाँ पुस्तालाई पुरस्कारले थप हौसला बढाउन सक्छ ।’
नेपाली साहित्य, संस्कृति क्षेत्रका विशिष्ट व्यक्ति व्यक्तित्वहरूको उपस्थिति रहेको समारोहमा प्रसिद्ध जागरण गीत ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’का सर्जक श्याम तमोटले शुभकामना व्यक्त गरेका थिए । साहित्यकार शशी लुमुम्बूद्वारा संचालित सभाको अध्यक्षता गरेका पूर्वअध्यक्ष गणेश राईले प्रतिष्ठानको लक्ष्य, उद्देश्यबारे चर्चा गरेका थिए ।
सन् २००८ मा बेलायतमा स्थापित यस प्रतिष्ठानबाट हालसम्म ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्राडा गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, डा राजेन्द्र बिमल, डा कृष्णहरि बराल र दीप श्रेष्ठ सम्मानित भइसकेका छन् भने गत वर्ष वरिष्ठ कवि बैरागी काइँलालाई धरानमा बृहत् नागरिक अभिनन्दन गरिएको थियो । यसैगरी प्रतिभा पुरस्कारबाट नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारूङ, बिमला तुम्खेवा, गणेश गुरुङ र सुदीप पाख्रिन पुरस्कृत भइसकेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा