
लण्डन । नेपाली प्रगतिशील मञ्च युकेको नयाँ कार्यसमितिको मार्च ५ मा बसेको पहिलो बैठकले भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालको बेलायत भ्रमण सफल बनाउन सक्दो सहयोग गर्ने निर्णय गरेको छ ।
अध्यक्ष बिमला लिम्बूको अध्यक्षतामा बसेको बैठकले मेयर दाहालको सम्मानमा एक कार्यक्रम गर्ने र सोको लागि बीर बलाल, दीपक गुरुङ र मेजर योगेश राईलाई जिम्मा दिएको छ ।
बैठकले अध्यक्ष लिम्बू, वरिष्ठ उपाध्यक्ष फूलप्रसाद कँडेल, उपाध्यक्षहरु अरुण थापा, कपिल श्रेष्ठ, हरि पौडेल, महासचिव कृष्ण खनाल, सचिव कपिल राई र हरि अर्याल, कोषाध्यक्ष माया केसी र सहकोषाध्यक्ष बीर बलाल रहेको सचिवालय गठन गरेको छ ।
बैठकले निवर्तमान अध्यक्ष मानबहादुर गुरुङ, मेजर योगेश राई र नरेश खपाङ्गीमगरलाई सल्लाहकारमा चयन गरेको छ भने कार्यसमितिमा विपिन गुरुङ र ल्हापा डोमा शेर्पालाई मनोनित गरेको छ ।
यस्तै, मञ्चको यूरोप अधिवेसनमा युकेबाट आठजना प्रतिनिधि पठाउने भएको छ भने मञ्चको स्मारिका पनि प्रकाशन गर्ने निर्णय गरिएको छ ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा