नेपाली जनप्रगतिशील मञ्च युकेको पहिलो बैठकले के के निर्णय गर्यो ?

लण्डन । नेपाली प्रगतिशील मञ्च युकेको नयाँ कार्यसमितिको मार्च ५ मा बसेको पहिलो बैठकले भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालको बेलायत भ्रमण सफल बनाउन सक्दो सहयोग गर्ने निर्णय गरेको छ ।
अध्यक्ष बिमला लिम्बूको अध्यक्षतामा बसेको बैठकले मेयर दाहालको सम्मानमा एक कार्यक्रम गर्ने र सोको लागि बीर बलाल, दीपक गुरुङ र मेजर योगेश राईलाई जिम्मा दिएको छ ।
बैठकले अध्यक्ष लिम्बू, वरिष्ठ उपाध्यक्ष फूलप्रसाद कँडेल, उपाध्यक्षहरु अरुण थापा, कपिल श्रेष्ठ, हरि पौडेल, महासचिव कृष्ण खनाल, सचिव कपिल राई र हरि अर्याल, कोषाध्यक्ष माया केसी र सहकोषाध्यक्ष बीर बलाल रहेको सचिवालय गठन गरेको छ ।
बैठकले निवर्तमान अध्यक्ष मानबहादुर गुरुङ, मेजर योगेश राई र नरेश खपाङ्गीमगरलाई सल्लाहकारमा चयन गरेको छ भने कार्यसमितिमा विपिन गुरुङ र ल्हापा डोमा शेर्पालाई मनोनित गरेको छ ।
यस्तै, मञ्चको यूरोप अधिवेसनमा युकेबाट आठजना प्रतिनिधि पठाउने भएको छ भने मञ्चको स्मारिका पनि प्रकाशन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री