
लण्डन । बेलायतका अर्थ मन्त्री जेरेमी हन्टले आज संसदमा बेलायतको बजेट पेश गरेका छन् ।
बजेटमा ठूलो संख्यामा सर्वसाधारणलाई लाभ दिने गरी न्याशनल इन्स्योरेन्स (एनआइ) मा २ प्रतिशत कटौतीको घोषणा गरिएको छ । सो घोषणाको कार्यान्वयन अर्को महिनाबाट शुरु हुने बताइएको छ ।
वार्षिक २५ हजारदेखि ५० हजार पाउण्ड आम्दानी हुनेहरुलाई नयाँ एनआईको प्रावधानबाट धेरै लाभ पुग्ने बताइएको छ । यसअघिको बजेटमा पनि अर्थमन्त्री हन्टले न्याशनल इन्स्योरेन्समा २ प्रतिशत कटौती गरेका थिए । हन्ट अर्थमन्त्री हुनुपूर्व १२ प्रतिशत न्याशनल इन्स्योरेन्स तिर्नुपर्नेमा अब अर्को महिनादेखि ८ प्रतिशत मात्र तिरे पुग्छ । सरकारले दुईपटक गरिएको न्याशनल इन्स्योरेन्स कटौतीबाट प्रतिपरिवार करिब ९५० पाउण्डसम्म वचत हुने अनुमान गरेको छ ।
बजेटको अर्को महत्वपूर्ण घोषणा बेलायतमा बसोबास गर्ने गैरबेलायती नागरिकले बेलायत बाहिर सञ्चालन गरेको व्यापारमा कर नतिर्ने प्रावधान (नन डम) लाई खारेज गरिएको छ । यसबाट सरकारलाई २.७ बिलियन पाउण्ड कर संकलन हुने बताइएको छ । बेलायतमा नयाँ बसोबास गर्न आउने तर बेलायत बाहिर व्यापार गर्नेहरुलाई भने शुरुको चार वर्षसम्म बेलायतबाहिर सञ्चालन हुने व्यापारमा कर तिर्नपर्ने छैन ।
बजेटमा बालबच्चाको स्याहारका लागि वार्षिक ६० हजार पाउण्डसम्म आय भएकाहरुले पाउने बनाइएको छ । यसअघि सो हदबन्दी ५० हजार पाउण्ड थियो ।
यसवर्ष बेलायतको अर्थतन्त्र शून्य दशमलव ८ प्रतिशत र अर्को वर्ष १.९ प्रतिशत बढ्ने प्रक्षेपण गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा