बेलायती राजकुमार ह्यारीले हारे सरकार विरुद्धको मुद्दा

लण्डन । बेलायती राजकुमार ह्यारीले शाही जिम्मेवारीबाट पछि हटेपछि उनको सुरक्षा दस्ता सानो बनाउने बेलायत सरकारको निर्णयविरुद्ध उच्च अदालतमा दायर गरेको मुद्दा हारेका छन् ।
तथापि उनले हाइ कोर्टको सो फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।
सन् २०२० को फेबु्रअरीमा ह्यारीले आफूलाई राजपरिवारका अन्य सदस्यले पाउने जति ‘सुरक्षाकर्मी’ नपाउने निर्णय भएपछि गृह मन्त्रालयविरुद्ध उहाँले कानूनी लडाइ सुरु गर्नुभएको थियो ।
बेलायती समाचार संस्था पीएलाई उद्धृत गर्दै सीएनएनले भनेको छ, “डिसेम्बरमा अदालतको सुनुवाइका क्रममा ह्यारीका वकिलले ह्यारीबारे गरेको निर्णयले राजकुमार ह्यारीप्रति पक्षपातपूर्ण व्यवहार गरेको तर्क गर्नुभएको थियो ।”
पीएका अनुसार जुलाई २०२० देखि आफ्नी पत्नी मेगनसँग क्यालिफोर्नियामा बस्दै आएका ह्यारीमाथि ‘सफल आक्रमण’ भएको तर यसले बेलायतको प्रतिष्ठामा पर्न सक्ने सम्भावित असरबारे पनि वकिलहरूले विचार गर्न नसकेको ह्यारीका कानूनी सहयोगीले बताएका छन् ।
अदालतले भने सरकारको निर्णय न्यायोचित र प्रक्रियागत अन्यायरहित भएको फैसला गरेको छ ।
राजकुमार ह्यारीका कानुनी प्रवक्ताले फैसलाबारे अपिल गर्ने आफ्नो मनसाय व्यक्त गरेका छन् ।
फैसलापछि गृह मन्त्रालयका प्रवक्ताले सीएनएनसँग भने, “हामी खुसी छौं कि अदालतले यस मामिलामा सरकारको स्थितिको पक्षमा फैसला गरेको छ, र हामी सावधानीपूर्वक हाम्रो अर्को कदमहरूबारे विचार गरिरहेका छौं । फैसलाबारे थप टिप्पणी गर्नु अनुपयुक्त हुनेछ ।”
“बेलायत सरकारको सुरक्षा प्रणाली कठोर र समानुपातिक छ । ती प्रबन्धहरूको विस्तृत जानकारी नदिनु हाम्रो लामो समयदेखिको नीति हो, किनकी यसो गर्दा तिनीहरूको निष्ठामा आँच आउन सक्छ र व्यक्तिको सुरक्षामा असर पर्न सक्छ,” प्रवक्ताले भने ।
आफ्नी पत्नीमाथिको व्यवहार र आफ्नी आमा राजकुमारी डायनाले सामना गर्नुपरेको चुनौतीहरूको बीचमा समानता चित्रण गर्दै राजकुमार ह्यारीले आफ्नो परिवारको सुरक्षाको बारेमा आवाज उठाउँदै आउनुभएको छ ।
सन् २०२३ को मे महिनामा राजकुमार ह्यारीले बेलायतमा रहँदा आफ्नो प्रहरी सुरक्षाका लागि व्यक्तिगत रूपमा भुक्तानी गर्ने छुट्टै अधिकारको माग गर्दै गरेको निवेदनमा एउटा अर्को कानुनी झड्काको सामना गर्नुपरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री