
लन्डन । बेलायतस्थित नयाँ पुस्ताका नेपाली युवाहरुको सञ्जाल ’नेप्लिज युथ नेटवर्क युके’ मा नयाँ नेतृत्व चुनिएको छ ।
सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् युकेको पहलमा स्थापित नेटवर्कको प्लमस्टिडस्थित गोर्खा क्लबमा गत फेब्रुअरी १७ तारिखमा आयोजित भेलाले डा रानु बरालको अध्यक्षतामा नयाँ टीम चयन गरेको छ ।
समितिको उपाध्यक्षद्वय अपेक्षा न्यौपाने र शिशिर गौतम, महासचिव डा शिक्षा बराल, सचिव प्रणय रेग्मी, कोषाध्यक्ष विप्लव पौडेल तथा सदस्यहरु एलिसा अधिकारी, प्रान्जु शर्मा, आरोन थापा, स्मारिका न्यौपाने, आयुष कार्की, सम्राट न्यौपाने, बत्सल घिमिरे, प्रतोष रोका, राजस्वी हमाल र कोहिनुर शाही छन् । समितिको कार्यकाल दुई वर्ष रहने छ ।
भेला संयोजक डा रामजी पौडेलले सञ्चालन गरेको कार्यक्रममा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूके अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बेलायतमा अध्ययन तथा विभिन्न पेशामा आवद्ध युवाहरुलाई समेटेर एक आपसमा सहकार्य वृद्धि गर्न सघाउन नेटवर्कको स्थापना गरिएको बताए ।
सोसाइटीका उपाध्यक्ष गजेन कटुवालले युथ नेटवर्कको नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुलाई शपथग्रहण गराएका थिए भने महासचिव डा ओमप्रसाद गौतमले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
नेटवर्ककी नवनिर्वाचित अध्यक्ष डा रानु बरालले संक्षिप्त मन्तव्य राखेकी थिइन् भने संयोजक डा रामजी पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।
त्यस अवसरमा सहभागी युवा र सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेबीच अन्तरक्रिया समेत गरिएको थियो।
अन्तरक्रियामा युवाहरुले राखेका जिज्ञासाको सोसाइटीका अध्यक्ष ई. विष्णुप्रसाद न्यौपाने, उपाध्यक्ष गजेन कटुवाल, महासचिव डा ओमप्रसाद गौतम, सदस्य डा रामजी पौडेल, प्याट्रोन काउन्सिल सदस्य शेखर वाग्लेलगायतले जवाफ दिएका थिए ।
बेलायतमा बसोबास गर्ने नेपाली युवाहरुबीच संजाल विस्तार गर्ने, नेतृत्व विकास गर्ने तथा नेपाली समुदायलाई लाभ पुर्याउने सामाजिक कार्यहरुमा सक्रिय सहभागिता बढाउने उद्देश्यसहित सन् २०१४ मा पहिलोपटक नेटवर्क गठन भएको थियो ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण