
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको आमा प्रमुखमा जगना गुरुङ निर्विरोध निर्वाचित भएकी छन् ।
शनिबार २४ फेब्रुअरीका दिन सम्पन्न बीसीसी युकेको साधारणसभाबाट गुरुङ सो पदमा निर्वाचित भएकी हुन् ।
यसअघि बीसीसी युकेको आमा समूहको उपाध्यक्षको जिम्मेवारीमा रहेकी गुरुङले आगामी दुई वर्षका लागि नेतृत्व लिएकी हुन् ।
उक्त नयाँ आमा समूहको उपाध्यक्षमा शारदा गुरुङ, सचिवमा तुल्सी घले, सहसचिवमा पवित्र गुरुङ, कोषाध्यक्षमा सुन्दरी तामाङ्ग, सहकोषाध्यक्ष चन्द्र गुरुङ, प्रोपर्टी मेम्बरमा उषा गुरुङ र सह प्रोपर्टीमा टुक गुरुङ निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा दुर्गालक्ष्मी गुरुङ, प्रेमकुमारी गुरुङ, डोल्मा शेर्पा, पेदेन डोमा लामा, सविता गुरुङ, दिलु गुरुङ, पुर्ण गुरुङ, आशा तामाङ्ग, पुनम कोने गुरुङ, मिना गुरुङ, पवित्र गुरुङ, जगतमाया गुरुङ, मन्जु (सीता) गुरुङ, बिष्णु गुरुङ, ध्रुव गुरुङ, लीना गुरुङ, मनदेवी गुरुङ, कमला गुरुङ, धनु गुरुङ, मोनिका गुरुङ, मन्जु गुरुङ, रिता गुरुङ, शखी गुरुङ, राधा गुरुङ, विष्णुमाया गुरुङ, रेखा गुरुङ, सम्झना गुरुङ, निलम गुरुङ, अमृता गुरुङ, मनमाया गुरुङ चयन भएका छन् ।
बीसीसी युकेका पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ बिईएमको संयोजकत्वमा प्रमुख सल्लाहकार मेजर खु्शीमान गुरुङ, पूर्व अध्यक्ष नरेश गुरुङ, निवर्तमान अध्यक्ष धर्म तामाङ्ग, आमा सल्लाहकार लालकुमारी गुरुङ सदस्य रहेको निर्वाचन समितिले उक्त नयाँ आमा समितिको चयन गरेको हो ।
सो अवसरमा नवनिर्वाचित आमा प्रमुख जगना गुरुङले आफूलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद दिदै आगामी दिनमा सबैको सल्लाह र सुझाव लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । त्यस्तै, आमा प्रमुख उर्मिला गुरुङले आफ्नो तीन वर्षे कार्यकालमा गरेका विभिन्न कार्यहरु छोटकरीमा जानकारी गराउँदै आफ्नो कार्यसमितिलाई दिएको साथ, सहयोग, सुझाव, सल्लाहका लागि धन्यवाद दिइन् ।
स्मरण् रहोस्, बीसीसी युके आमा समूहको यसअघि ज्ञानुमाया गुरुङ र पुष्पा गुरुङले अध्यक्षता गरिसकेकी छन् भने सन् २०२१ को फेब्रुअरीदेखि उर्मिला गुरुङले अध्यक्षता गर्दै आएकोमा गत आइतबारदेखि जगना गुरुङले नेतृत्व लिएकी छन् ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो