
लण्डन । गोरखा सैनिकका बयस्क सन्तानलाई बेलायतको आवासीय भिसा दिलाउने क्रममा ठगी गरेको अभियोगमा बेलायतका सोलिसिटर राजु थापाविरुद्ध नेपालमा मुद्दा परेको छ ।
काठमाडौँ जिल्ला अदालतमा फागुन १ गते दिलप्रसाद लिम्बूसहित नेपाल सरकारको तर्फबाट दायर भएको मुद्दामा सूर्यकुमार नेम्वाङसहित सोलिसिटर राजु थापा र समीकाछी रोजी श्रेष्ठलाई विपक्षी बनाइएको छ ।
सो मुद्दामा फागुन २ गते २५ नम्बर इजलासमा भएको सुनुवाइमा न्यायाधीश शिवलाल पाण्डेयले नेम्वाङलाई पाँच लाख रुपियाँ धरौटीमा छोड्न आदेश दिएका छन् भने सोलिसिटर थापा र श्रेष्ठलाई पक्राउ पुर्जी जारी गर्नु वा आफैँ हाजिर हुन आएमा बयानका लागि इजलाससमक्ष पेश गर्न आदेश दिएका छन् । तोकिएको म्यादभित्र पक्राउ परी वा आफैँ हाजिर नभएमा उनीहरूको विवरण जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत झिकाइ रोक्का राखी नियमानुसार गरी पेश गर्न आदेश दिइएको छ ।
सोलिसिटर थापाले आदेशको पूर्णपाठ पाएपछि आफ्नो कानुनी समूहसित परामर्श गरी आवश्यक कार्य गर्ने बताए ।
थापा ब्रिटेन नेपाल लयर्स एसोसिएनका पूर्व अध्यक्ष हुन् । उनी बेलायतको नेपाली समुदायका अग्रज पनि हुन् ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण