
लण्डन । गोरखा सैनिकका बयस्क सन्तानलाई बेलायतको आवासीय भिसा दिलाउने क्रममा ठगी गरेको अभियोगमा बेलायतका सोलिसिटर राजु थापाविरुद्ध नेपालमा मुद्दा परेको छ ।
काठमाडौँ जिल्ला अदालतमा फागुन १ गते दिलप्रसाद लिम्बूसहित नेपाल सरकारको तर्फबाट दायर भएको मुद्दामा सूर्यकुमार नेम्वाङसहित सोलिसिटर राजु थापा र समीकाछी रोजी श्रेष्ठलाई विपक्षी बनाइएको छ ।
सो मुद्दामा फागुन २ गते २५ नम्बर इजलासमा भएको सुनुवाइमा न्यायाधीश शिवलाल पाण्डेयले नेम्वाङलाई पाँच लाख रुपियाँ धरौटीमा छोड्न आदेश दिएका छन् भने सोलिसिटर थापा र श्रेष्ठलाई पक्राउ पुर्जी जारी गर्नु वा आफैँ हाजिर हुन आएमा बयानका लागि इजलाससमक्ष पेश गर्न आदेश दिएका छन् । तोकिएको म्यादभित्र पक्राउ परी वा आफैँ हाजिर नभएमा उनीहरूको विवरण जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत झिकाइ रोक्का राखी नियमानुसार गरी पेश गर्न आदेश दिइएको छ ।
सोलिसिटर थापाले आदेशको पूर्णपाठ पाएपछि आफ्नो कानुनी समूहसित परामर्श गरी आवश्यक कार्य गर्ने बताए ।
थापा ब्रिटेन नेपाल लयर्स एसोसिएनका पूर्व अध्यक्ष हुन् । उनी बेलायतको नेपाली समुदायका अग्रज पनि हुन् ।

बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते