
लन्डन । लण्डनस्थित बर्न्टओक नेपाली समाजले बैठकले समाज स्थापनाको २० औं वार्षिकोत्सव भव्य रुपमा मनाउने निर्णय गरेको छ।
समाजका युवा सदस्यहरुलाई समाजका गतिविधिहरुमा अगाडी बढाउने निर्णय गरेको छ।
एजवेयरस्थित हिमालयन स्पाइस रेस्टुरेन्टमा समाजका अध्यक्ष खमिरजंग गुरुङको अध्यक्षतामा गत आइतबार बसेको सातौँ कार्यसमितिको पहिलो बैठकले त्यस्तो निर्णय गरेको हो। बैठकले आउँदो गर्मी याममा ‘समर आउटिंग’ आयोजना गर्ने निर्णय गरेको छ भने मिति तथा स्थानबारे पछि निर्णय गरिने जनाइएको छ।
बैठकले संस्थाको तर्फबाट एक टीम गोर्खा कपमा भाग लिन पठाउने निर्णय पनि गरेको छ।
उक्त बैठकमा बोल्दै समाजका पूर्व अध्यक्ष तथा लन्डन बरो अफ बर्नेटका पूर्व उपमेयर काउन्सिलर लक्ष्य गुरुङले संस्थामा नयाँ पुस्तालाई संलग्न गराउन र उनीहरुलाई क्रमश नेतृत्व हस्तान्तरण गर्दै जान आवश्यक रहेको बताए।
लन्डन बरो अफ बार्नेटका काउन्सिलर कमल गुरुङले समाजलाई नयाँ ढंगले लैजानु पर्ने बताए । उनले काउन्सिलरको रुपमा संस्थालाई गर्न सक्ने मद्दत गर्ने प्रतिबद्धता पनि जनाए।
समाजका उपाध्यक्ष मुरारी थापाले १६ डिसेम्बर २०२३ मा चयन भएको कार्यसमितिले गत दुई महिनाभित्र २९ जना नयाँ सदस्य बनाउन सफल भएको जानकारी दिंदै नयाँ सदस्यहरूको नाम पढेर सुनाएका थिए।
समाजका प्रविधि संयोजक प्रेम गुरुङले समाजको वेबसाइट तथा सामाजिक संजाललाई अद्यावधिक गर्न गरिएका प्रयासहरुबारे जानकारी दिए। सल्लाहकार दुर्गा गुरुङले समाजलाई अगाडी बढाउन आमा समूहले पुराउँदै आएको योगदानको प्रशंसा गरिन्।
बैठकले संस्थाको तर्फबाट एक टीम गोर्खा कपमा भाग लिन पठाउने निर्णय गर्नुका साथै त्यसको जिम्मा खेलकुद सचिव दल गुरुङ तथा ओम महर्जनलाई दिएको छ ।
बैठकले समाजका पूर्व अध्यक्ष मोहन गुरुङलाई संस्थाको प्रमुख सल्लाहकारमा मनोनयन गरेको छ। बैठकमा अध्यक्षले समाजका प्रमुख सल्लाहकार लगायत सबै सल्लाहकारहरुलाई खादा लगाएर सम्मान गरेका थिए।
बैठकले संस्थालाई मुनाफा नकमाउने संस्थाको रुपमा कम्पनी हाउसमा दर्ता गर्ने निर्णय गर्नुका साथै त्यसका लागि संस्थाका सदस्यहरु वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कृष्ण कार्की तथा मनिराज थापालाई जिम्मा दिने निर्णय गर्यो।
बैठकमा समाजमा टाढा टाढा बसेका नेपाली/भूतपूर्व गोर्खाहरु पनि आबद्ध भएकाले सबैलाई समेट्ने गरी संस्थाको नाम परिवर्तन गर्ने कि भन्ने बारे पनि छलफल भएको थियो तर कुनै निर्णय भने गरिएन।
संस्थामा आबद्ध पेशेवर सदस्यहरुको सहमति लिएर उहाँहरुको नाम र सम्पर्क नम्बर समाजको भाइबर ग्रुपमा राख्ने पनि निर्णय गरिएको छ।
समाजका सल्लाहकार तथा कार्य समिति सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको उक्त बैठकको संचालन महासचिव हेलिशा गुरुङले गरेकी थिइन्। बैठकको अन्त्यमा अध्यक्ष खमिरजंग गुरुङले बैठकमा भौतिक तथा अनलाइनबाट सहभागी सबै पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुलाई धन्यवाद दिएका थिए।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण