
काठमाडौँ । बेलायतको दक्षिण पूर्वी लण्डनमा अवस्थित डायमण्ड बुद्धिष्ट सेन्टर (डिबीसी) युकेले जाजरकोटका भूकम्प पीडितका लागि संकलन गरेको राहत रकम प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री कार्यालयमा डिबीसीका संस्थापक अध्यक्ष तथा संरक्षक सुमलकुमार गुरुङ र महासचिव हेम छन्त्यालले प्रधानमन्त्री दाहाललाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
यसैबखत छन्त्याल संघ यूकेद्वारा भूकम्प पीडितका लागि उठाइएको १ लाख ५० हजार रुपैयाँको चेक पनि छन्त्याल संघ नेपालका अध्यक्ष मोहन छन्त्याल र छन्त्याल संघ बेलायतका अध्यक्ष हेम छन्त्यालद्वारा प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरिएको थियो ।
डिबीसी युकेका संस्थापक अध्यक्ष तथा संरक्षक सुमलकुमार गुरुङले प्रधानमन्त्रीलाई सानै सहयोग भए पनि भौतिक रुपमा भेटेर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताएका थिए भने जवाफमा प्रधानमन्त्री दाहालले यो सदासयता र पींडितहरुप्रतिको सहयोग गर्ने ठूलो स्पिरिट रहेको बताएका थिए ।

सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा