
काठमाडौँ । बेलायतको दक्षिण पूर्वी लण्डनमा अवस्थित डायमण्ड बुद्धिष्ट सेन्टर (डिबीसी) युकेले जाजरकोटका भूकम्प पीडितका लागि संकलन गरेको राहत रकम प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री कार्यालयमा डिबीसीका संस्थापक अध्यक्ष तथा संरक्षक सुमलकुमार गुरुङ र महासचिव हेम छन्त्यालले प्रधानमन्त्री दाहाललाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
यसैबखत छन्त्याल संघ यूकेद्वारा भूकम्प पीडितका लागि उठाइएको १ लाख ५० हजार रुपैयाँको चेक पनि छन्त्याल संघ नेपालका अध्यक्ष मोहन छन्त्याल र छन्त्याल संघ बेलायतका अध्यक्ष हेम छन्त्यालद्वारा प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरिएको थियो ।
डिबीसी युकेका संस्थापक अध्यक्ष तथा संरक्षक सुमलकुमार गुरुङले प्रधानमन्त्रीलाई सानै सहयोग भए पनि भौतिक रुपमा भेटेर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताएका थिए भने जवाफमा प्रधानमन्त्री दाहालले यो सदासयता र पींडितहरुप्रतिको सहयोग गर्ने ठूलो स्पिरिट रहेको बताएका थिए ।

३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता