
लण्डन । बेलायतको स्कटल्याण्ड राज्यको एबरडिनमा सोमबार भएको आगलागीमा परी निधन भएका दिदीबहिनी शिक्षा र आँचल सुवेदीको मंगलबार दाहसंस्कार गरिने भएको छ ।
एबरडिनस्थित नेपलिज हिमालयन एसोसिएसनका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ युकेका सल्लाहकार डा शिव तिवारीका अनुसार दिदीबहिनीको दाहसंस्कार मंगलबार हिन्दू परम्पराअनुसार गरिने तय भएको छ ।
घटनाको बारेमा थप जानकारी दिँदै डा तिवारी आगलागी सुवेदी दिदीबहिनी बस्ने फ्लाटभन्दा मुनी विपरीत तर्फको फ्लाटबाट शुरु भएको बताउनुभयो । सुवेदी दिदीबहिनी दोस्रो तल्लामा बस्थे भने आगलागी पहिलो तल्लामा शुरु भएको थियो ।
आगलागी भएको थाहा पाएपछि दिदीबहिनी आफ्नो फ्लाटको ढोका बन्द गरी बाहिर निस्कन खोज्दा भर्याङमै धुँवाको मुस्लोमा परी निस्सासिएर उनीहरूको मृत्यु भएको आशङ्का गरिएको छ । दुवैजनाको शरीरमा कतै जलेको पनि नपाइएको पनि डा तिवारीले जानकारी दिनुभयो ।
डा यज्ञ सुवेदीका तीन छोरीमध्ये जेठी विवाह भएर अलग्गै बस्थिन् भने दुई दिदीबहिनी बाबाआमाबाट करिब १० मिनेटको दुरीमा रहेको सो फ्लाटमा बस्ने गर्थे ।
अहिले जेठी छोरी ज्वाइँ आएर डा सुवेदी दम्पत्तिलाई सम्हाल्ने कोसिस गरिरहेका छन् ।
डा तिवारीले एसोसिएसनले सुवेदी परिवारलाई यस विषम परिस्थितिमा कसरी सहयोग गर्ने भन्ने बारेमा परिवारसित सम्पर्कमा रही छलफल गरिरहेको र सबै किसिमको सहयोगका लागि संस्था तयार रहेको बताए ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण