
लण्डन । बेलायतको स्कटल्याण्ड राज्यको एबरडिनमा सोमबार भएको आगलागीमा परी निधन भएका दिदीबहिनी शिक्षा र आँचल सुवेदीको मंगलबार दाहसंस्कार गरिने भएको छ ।
एबरडिनस्थित नेपलिज हिमालयन एसोसिएसनका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ युकेका सल्लाहकार डा शिव तिवारीका अनुसार दिदीबहिनीको दाहसंस्कार मंगलबार हिन्दू परम्पराअनुसार गरिने तय भएको छ ।
घटनाको बारेमा थप जानकारी दिँदै डा तिवारी आगलागी सुवेदी दिदीबहिनी बस्ने फ्लाटभन्दा मुनी विपरीत तर्फको फ्लाटबाट शुरु भएको बताउनुभयो । सुवेदी दिदीबहिनी दोस्रो तल्लामा बस्थे भने आगलागी पहिलो तल्लामा शुरु भएको थियो ।
आगलागी भएको थाहा पाएपछि दिदीबहिनी आफ्नो फ्लाटको ढोका बन्द गरी बाहिर निस्कन खोज्दा भर्याङमै धुँवाको मुस्लोमा परी निस्सासिएर उनीहरूको मृत्यु भएको आशङ्का गरिएको छ । दुवैजनाको शरीरमा कतै जलेको पनि नपाइएको पनि डा तिवारीले जानकारी दिनुभयो ।
डा यज्ञ सुवेदीका तीन छोरीमध्ये जेठी विवाह भएर अलग्गै बस्थिन् भने दुई दिदीबहिनी बाबाआमाबाट करिब १० मिनेटको दुरीमा रहेको सो फ्लाटमा बस्ने गर्थे ।
अहिले जेठी छोरी ज्वाइँ आएर डा सुवेदी दम्पत्तिलाई सम्हाल्ने कोसिस गरिरहेका छन् ।
डा तिवारीले एसोसिएसनले सुवेदी परिवारलाई यस विषम परिस्थितिमा कसरी सहयोग गर्ने भन्ने बारेमा परिवारसित सम्पर्कमा रही छलफल गरिरहेको र सबै किसिमको सहयोगका लागि संस्था तयार रहेको बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा