लण्डन । बेलायतको स्कटल्याण्ड राज्यको एबरडीनमा सोमबार भएको आगलागीमा परी नेपाली दिदीबहिनीको निधन भएको छ ।
सोमबार साँझ करिब ६ बजे ब्ल्याक हिल्टन रोडमा लागेको सो आगलागीमा परी शिक्षा सुवेदी र आँचल सुवेदीको घटनास्थलमै निधन भएको हो ।
स्थानीय एबरडीन लाइभका अनुसार शिक्षाको उमेर २४ वर्ष रहेको छ भने आँचल २८ वर्ष भएको बताइएको छ ।आँचल पेशाले इन्जीनियर र शिक्षा आइटी अध्ययन गरी क्यान अफसोरमा कार्यरत थिइन् ।
सो आगलागीमा परेका अरु पाँच जना भने उपचारपछि घर फर्किसकेको बताइएको छ ।
सुवेदी दिदीबहिनी डा. यज्ञ सुवेदीको छोरीहरु हुन् । डा. सुवेदी पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक तथा परीक्षा नियंत्रक पनि हुन् ।
घटनाको बारेमा स्कटल्याण्ड प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रहरीले सोमबार साँझ करिब ६ बजे आगलागीका बारेमा जानकारी पाएको र एम्बुलेन्स, दमकल लगायत आकस्मिक सेवाका १४ वटा साधन त्यहाँ परिचालित भएको बताएको छ । राति करिब ९ बजे आकस्मिक सेवा त्यहाँबाट फर्किएको बताइएको छ । घटनाको बारेमा थप जानकारी दिँदै एबरडिनस्थित नेपलिज हिमालयन एसोसिएसनका अध्यक्ष डा शिव तिवारीले आगलागी सुवेदी दिदीबहिनी बस्ने फ्लाटभन्दा मुनी विपरीत तर्फको फ्लाटबाट शुरु भएको बताउनुभयो । सुवेदी दिदीबहिनी दोस्रो तल्लामा बस्थे भने आगलागी पहिलो तल्लामा शुरु भएको थियो ।
आगलागी भएको थाहा पाएपछि दिदीबहिनी आफ्नो फ्लाटको ढोका बन्द गरी बाहिर निस्कन खोज्दा भर्याङमै धुँवाको मुस्लोमा परी निस्सासिएर उनीहरूको मृत्यु भएको आशङ्का गरिएको छ । दुवैजनाको शरीरमा कतै जलेको पनि नपाइएको पनि डा तिवारीले जानकारी दिनुभयो ।
डा यज्ञ सुवेदीका तीन छोरीमध्ये जेठी विवाह भएर अलग्गै बस्थिन् भने दुई दिदीबहिनी बाबाआमाबाट करिब १० मिनेटको दुरीमा रहेको सो फ्लाटमा बस्ने गर्थे ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा