
काठमाडौँ । गोरखा भूतपूर्व सैनिककका छोराछोरीलाई बेलायत ल्याइदिन्छु भनी ठगी गरेको आरोपमा पक्राउ परेका गोरखा सैनिक अभियन्ता सूर्य नेम्वाङलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौँ प्रहरीका प्रवक्ता कुमोद ढुंगेलका अनुसार काठमाडौँ जिल्ला अदालतले उनलाई थप पाँच दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।
उनलाई पिताको काजकिरिया गर्न नेपाल गएको बखत पाँचथरबाट पक्राउ गरिएको थियो । पाँचथरबाट उनलाई काठमाडौँ ल्याइएको छ ।
नेम्वाङ बेलायतको नेपाली समाजभित्र चर्चित नाम हो । उनी गोरखा संयुक्त सत्याग्रहमा सहसंयोजकका रुपमा पनि विगतमा कार्यरत थिए । एनआरएनए युकेको पूर्व उपाध्यक्ष, नेपाली जनसम्पर्क समिति, यति नेपाली एसोसिएसन लगायतका दर्जनौँ संस्थामा उनी महत्वपूर्ण पदमा रहेर काम गरिसकेका छन् ।
नेम्वाङमाथि बेलायत ल्याउन लाखौँ पैसा असुली गरेको र फिर्ता माग्दा धम्क्याएको भन्दै काठमाडौँ प्रहरीमा २०८०
पौष २४ गते उजुरी परेको थियो ।
गोरखा अभियन्ता रहँदारहँदै उनी पछिल्लो समय पूर्व गोरखाका परिवारलाई नेपालबाट बेलायत ल्याउन कानुनी प्रक्रियामा सघाउन विभिन्न ल फर्मसित सम्पर्कमा रहेर काम गर्दै आएका छन् ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण