
काठमाडौँ । गोरखा भूतपूर्व सैनिककका छोराछोरीलाई बेलायत ल्याइदिन्छु भनी ठगी गरेको आरोपमा पक्राउ परेका गोरखा सैनिक अभियन्ता सूर्य नेम्वाङलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौँ प्रहरीका प्रवक्ता कुमोद ढुंगेलका अनुसार काठमाडौँ जिल्ला अदालतले उनलाई थप पाँच दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।
उनलाई पिताको काजकिरिया गर्न नेपाल गएको बखत पाँचथरबाट पक्राउ गरिएको थियो । पाँचथरबाट उनलाई काठमाडौँ ल्याइएको छ ।
नेम्वाङ बेलायतको नेपाली समाजभित्र चर्चित नाम हो । उनी गोरखा संयुक्त सत्याग्रहमा सहसंयोजकका रुपमा पनि विगतमा कार्यरत थिए । एनआरएनए युकेको पूर्व उपाध्यक्ष, नेपाली जनसम्पर्क समिति, यति नेपाली एसोसिएसन लगायतका दर्जनौँ संस्थामा उनी महत्वपूर्ण पदमा रहेर काम गरिसकेका छन् ।
नेम्वाङमाथि बेलायत ल्याउन लाखौँ पैसा असुली गरेको र फिर्ता माग्दा धम्क्याएको भन्दै काठमाडौँ प्रहरीमा २०८०
पौष २४ गते उजुरी परेको थियो ।
गोरखा अभियन्ता रहँदारहँदै उनी पछिल्लो समय पूर्व गोरखाका परिवारलाई नेपालबाट बेलायत ल्याउन कानुनी प्रक्रियामा सघाउन विभिन्न ल फर्मसित सम्पर्कमा रहेर काम गर्दै आएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा