
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको दुई महिने कंग्यूर तथा तेंग्यूर पुस्तक वाचन सम्पन्न भएको छ ।
बौद्ध धर्ममा अत्यन्त महत्वपूर्ण मानिने उक्त बुद्ध वचन तथा बौद्ध शास्त्र वाचन गत २७ नोभेम्बर २०२३ पूर्णिमाको दिनदेखि शुरु भई गत शनिबार २७ जनवरीका दिन सम्पन्न भएको हो ।
विविध धार्मिक कार्यक्रमका साथ सम्पन्न भएको सो पुस्तकको समापनका दिन मानव जातिको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र सम्वृद्धिका लागि आयु तथा नाम्गेल टोन छो पूजा गरिएको थियो । जसमा १ हजार दीप प्रज्ज्वलन, १ हजार फूल अर्पण, १ हजार बिस्कुट, १ हजार गिलास पानी र १ हजार धुप प्रज्ज्वन गरिएको थियो ।
घ्योतो गुम्बा धरमशाला भारतका ३ जना घेसे गुरु, ३ जना लामा गुरुहरुले गत दुई महिनादेखि १०८ ठेली कंग्यूर र २२५ ठेली तेंग्यूर वाचन गरेका थिए । त्यस्तै, बीसीसी युकेका धर्म गुरु खेन्पो कर्म छुल्त्रिम, खैबा कर्म, बौद्ध अर्धौं सदन पोखराका लामा हर्क जंग घले, लामा प्रदिप गुरुङ, लामा पुरनले समेत सो वाचनमा साथ दिएका थिए । उक्त पुस्तक वाचनलाई बीसीसी युकेका सल्लाहकार जंग बहादुर गुरुङले संयोजन गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले गुरुहरु, पुस्तक वाचनमा स्पोन्सर गर्ने भक्तजन, भोजनदाता तथा दानवीरलगायत भक्तजनहरुलाई स्वागत गरेका थिए । साथै, उनले उक्त कंग्यूर तथा तेंग्यूर वाचनको महत्वबारे जानकारी गराउँदै धर्म गुरुहरुलगायत सबै दानवीरहरु, आमाहरु, कार्यसमिति र भक्तजनहरुलाई धन्यवाद ज्ञापन गरे ।
बीसीसी युकेका उपाध्यक्ष रोबिन गुरुङको संयोजकत्वमा सम्पन्न सो समापन कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङको नेतृत्वमा बीसीसी युकेको तर्फबाट प्रवचनका लागि श्रद्धेय घेसे गुरुलाई मण्डला अर्पण गरे । उक्त कार्यक्रममा घेसे थुप्देन सेरपले कंग्यूर तथा तेंग्यूर र लङ्ग लाइफ इम्पावरमेन्ट बारे प्रवचन दिएका थिए । सो प्रवचनलाई खेन्पो कर्म छुल्त्रिमले नेपालीमा अनुवाद गरेका थिए । त्यस्तै, कंग्यूर तथा तेंग्यूर वाचनमा सहयोग पुर्याउने सबै दाताहरुको नाममा ङोवा गराइएको थियो ।
कार्यक्रममा अध्यक्ष गुरुङले भारतको धमरशालास्थित दलाई लामाको गुम्बामा बन्न लागेको कक्षा कोठा निर्माण सहयोगार्थ घेसे गुरुमार्फत भक्तजनहरुबाट प्राप्त भएको सहयोग रकममध्येबाट पाँचलाख भारतीय रुपैया सहयोग रकम र मायाको चिनो प्रदान गरे ।
सो अवसरमा धरशालाका ६ जना गुरु र पोखरा बौद्ध अघौं सदनका दुई जना गुरुलाई बिदाई समेत गरिएको थियो । त्यस्तै, उक्त बुद्ध वचनलाई वाचनका लागि दिएको समयको धन्यवाद दिदैं सबै गुरुहरुलाई प्रसंशा पत्र प्रदान गरिएको थियो ।
बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष क्याप्टेन देव घलेले धन्यवाद ज्ञापन गरेका थिए भने उपाध्यक्ष रोबिन गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]