बेलायतमा बढ्यो भ्रष्टाचार

लण्डन । ट्रान्सपरेन्सी इन्टरन्याशनलले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी धारणाको सूचकांकमा बेलायतको स्थान खस्किएको छ ।
सन् २०१२ देखि प्रकाशन गर्न थालिएको सो सूचकांकमा बेलायतको स्थान पहिलोपटक यति तल झरेको हो ।
हालसालै सार्वजनिक भएको सो सूचकांकमा बेलायत २० औँ स्थानमा छ । गत वर्ष बेलायत १८ औँ स्थानमा थियो भने त्यसअघि सधैँ आठौँदेखि ११औँ स्थानभित्र पर्ने गरेको थियो ।
अहिलेको स्थानअनुसार बेलायतमा भ्रष्टाचार उरुग्वे र हङकङभन्दा पनि धेरै भएको अर्थ लाग्छ ।
बेलायतमा कोभिडकालमा व्यक्तिगत सुरक्षाका लागि लगाउने सामग्रीहरु (पीपीई) लगायतमा भएको अनियमितताका कारण बेलायतको स्थान खस्किएको बताइएको छ ।
सो सूचकांकका अनुसार भ्रष्टाचार कम हुने पाँच मुलुकहरुमा डेनमार्क, फिनल्याण्ड, न्यूजिल्याण्ड, नर्वे र सिंगापुर रहेका छन् भने धेरै भ्रष्टाचार हुने पाँच मुलुकमा सोमालिया, भेनेजुयला, सिरिया, दक्षिणी सुडान र यमन रहेका छन् ।
नेपालको स्तर भने गत वर्ष तुलनामा सुधार भएको छ । १८० देशमध्ये नेपाल १०८ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री