हरेक साता ३६ घण्टा लामो व्रत बस्छन् बेलायती प्रधानमन्त्री

लण्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकको अनौठो जीवनशैली सार्वजनिक भएको छ ।
बेलायती मिडियाहरुले रिपोर्ट गरेअनुसार प्रधानमन्त्री सुनक हरेक साता ३६ घण्टा लामो व्रत बस्ने गरेका छन् ।
हरेक साताको शुरुवातमा उनी व्रत बस्ने गर्दछन् । हरेक आइतबार बेलुकी ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म उनी व्रत बस्ने गरेको बताइएको छ ।
प्रधानमन्त्री सुनकले व्रत बस्नुलाई आफ्नो सन्तुलित जीवनको महत्वपूर्ण अनुशासन भनेका छन् । साथै उनले व्रत बसे पनि बाँकी दिन गुलियो खानेकुरामा आफ्नो कमजोरी रहेको पनि स्वीकार गरेका छन् । मेक्सिकन कोकको आफू फ्यान भएको पनि बताएका छन् ।
सधैँ फिट देखिने प्रधानमन्त्री सुनक बिहान बिहान पेलेटन साइकलमा कसरत गर्न पनि रुचाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री