
लण्डन । लण्डनमा दिवंगत अवस्थामा प्रहरीले फेला पारेका २५ वर्षीय सन्दीप तामाङको परिवारसित लण्डनस्थित नेपाली दुताबासको सम्पर्क भएको छ ।
दुताबासका प्रथम सचिव रामबाबु नेपालका अनुसार सन्दीपका पिता बेनकुमार तामाङसित शुक्रबार कुराकानी भएको हो ।
सन्दीपको घर ललितपुर १४ नखिपोट भएको खुलेको छ ।
प्रथमसचिव नेपालका अनुसार सन्दीपको बारेमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अपील प्रकाशित भएपछि नेपालस्थित उनका छिमेकीले नेपाली दुताबास लण्डनमा फोन सम्पर्क गरी सन्दीपको घरको फोन नम्बर दिएका थिए ।
सोही आधारमा दुताबासले सम्पर्क गर्दा उनका पितासित कुराकानी हुन सकेको हो ।
सन्दीय स्किल्ड भिसामा बेलायत आएको जानकारीमा आएको छ ।
सन्दीपको शव नेपाल लैजान परिवारको चाहना भएको तर आर्थिक अवस्था सबल नभएको पनि बताइएको छ । त्यस्तो अवस्थामा बेलायतस्थित नेपाली समुदायबाट सहयोग संकलन गरेर पनि शव नेपाल पठाउन सकिने बारेमा आफूले बताएको प्रथम सचिव नेपालले जानकारी दिए ।
एता एनआरएनए युकेका अध्यक्ष प्रेम गाहाले सन्दीपका लण्डनस्थित घरबेटीसित पनि सम्पर्क भएको बताएका छन् ।
सन्दीपको मृत्यु कसरी हुन पुग्यो भन्ने बारेमा प्रहरीले विस्तृत जानकारी दिएको छैन । शायद परिवारसितको सम्पर्कमा थप जानकारी दिइने छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा