
लण्डन। लण्डन महानगरीय प्रहरीले सन्दीप तामाङ नाम गरेको एक युवाको शव प्राप्त भएको तर उसको शव बुझ्न कोही पनि नआएको भन्दै आफन्त खोजिदिन अपील गरेको छ ।
लण्डनको हेज टाउन प्रहरीले तामाङको शव फेला पारेको तर शव बुझाउन कोही पनि फेला नपरेपछि लण्डनस्थित नेपाली दुताबासमा सम्पर्क गरेको थियो । तर त्यहाँबाट पनि तामाङको ठेगाना पत्ता नलागेकोले सर्वसाधारणलाई अपील गरेको बुझिएको छ ।
दुताबासकी उपनियोग प्रमुख रोशन खनालले प्रहरीले तामाङका बारेमा जानकारी दिन दुताबासमा सम्पर्क गरेको पुष्टी गर्नुभयो । तर तामाङको बारेमा थप विवरण र तस्वीर केही उपलब्ध नगराएकोले थप जानकारी दिन दुताबासले प्रहरीलाई पत्राचार गरेको खनालले बताउनुभयो ।
तामाङको जन्म मिति १८ जुलाई १९९९ दिइएको छ ।
तामाङका बारेमा कुनै जानकारी भए दुताबासमा दिन अनुरोध गरिएको छ भने एनआरएनए युकेका अध्यक्ष प्रेम गाहाले पनि जानकारीका लागि आह्वान गरेका छन् ।
यसअघि केही साता पूर्व मात्र लण्डन प्रहरीले नै सुरेश मगरको शव भेटिएको तर आफन्त पत्ता नलागेको भन्दै नेपाली दुताबाससित आफन्त पत्ता लगाउन अनुरोध गरेको थियो । बेलायतको नेपाली समुदायले मगरको पहिचान गरी आफन्तहरू प्रहरीको सम्पर्कमा पुगेका थिए । मगरको शव नेपाल लैजाने पहल हुँदै गरेको बुझिएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण