
लन्डन । ए स्टार फाइनान्सियल सोल्युसन्सका किशोर रानाले ‘टप प्रोटेक्सन एडभाइजर’ को अवार्ड पाएका छन् ।
बेलायतको एक प्रतिष्ठित फाइनान्सियल संस्था न्यू लिफ डिस्ट्रिब्यूसनले आफू मातहतका करिब ३०० मोर्गेज तथा प्रोटेक्सन एडभाइजरहरुमध्येबाट रानालाई सन् २०२३ का लागि सो अवार्ड दिएको हो ।
विहीबार आयोजित एक समारोहमा रानाले सो अवार्ड ग्रहण गरेका छन् ।
सुवेदार मेजर तिलकसिंह राना र कृष्णकुमारी रानाका तीन भाइ छोरामध्ये जेठा छोरा राना आलमदेवी स्याङ्जामा जन्मिएका हुन् । नेपालबाट बीबीएस गरेका उनले बेलायतको कार्डिफ युनिभर्सिटीबाट एक्ज्यूकेटिभ म्यानेजमेन्टमा पोष्ट ग्राजुयट गरेका छन् । राना सन् २००९ देखि बेलायतमा बसोबासरत छन् भने सन् २०१८ देखि मोर्गेट तथा प्रोटेक्सन एडभाइजरका रुपमा कार्यरत छन् ।
यसका साथै राना सामाजिक सेवामा पनि सक्रिय छन् । मगर युथ युकेको पूर्व अध्यक्ष रहेका उनले निर्मल पुर्जाको मिसन पोसिबलमा पनि अभियन्ताका रुपमा काम गरेका थिए । हाल उनी मगर संघ युकेका मिडिया सचिव र हिलिङडन गोर्खा कम्युनिटीका सचिव रहेका छन् ।
अवार्ड पाएपछि रानाले अझै जिम्मेवारी थपिएको र आगामी वर्षहरूमा अझ राम्रो गर्दै जाने उत्साह मिलेको प्रतिक्रिया दिए ।
यसैगरी, राना कार्यरत ए स्टार फाइनान्सियल सोल्यूसन्सले ‘टप टेन’ स्थान हासिल गर्न सफल भएको छ ।
विगत छ वर्षदेखि ए स्टारले न्यू लिफ डिस्ट्रिब्यूसनमा आवद्ध व्यापारिक प्रतिष्ठानहरुमध्ये टप टेनको स्थान कायम गर्दै आएको छ ।
बेलायतको पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर (आइएफए) मीन दर्लामी प्रिन्सिपल रहेको ए स्टार फाइनान्सियल सर्भिसेजले लण्डनको हेज हार्लिङटनमा रहेको आफ्नै स्वामीत्वको प्रधान कार्यालयका साथै आसफोर्ड केन्टबाट सेवा प्रदान गर्दै आएको छ ।
सन् २०१२ मा व्यवसाय शुरु गरेको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले पेन्सन, लगानी, मोर्गेज (रेसिडेन्सियल र कमर्सियल दुबै), इन्सुरेन्स, बिजनेश प्रोटेक्सन, वील एण्ड स्टेट प्लानिङ, इन्कम प्रोटेक्सन एण्ड फेमिली इन्कम बेनिफिट्स आदि क्षेत्रमा सेवा दिइरहेको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण