
बेल्जियम । विश्व मगर संघ बेल्जियमद्वारा बेल्जियममा मगरहरुको महान चाड माघे संक्रान्ति मनाइएको छ ।
आन्त्वेर्पेन स्थित स्टार प्लाजामा आयोजित माघे संक्रान्ति कार्यक्रम अध्यक्ष लोक राना मगरको सभापतित्वमा बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतित्थ्यतामा भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक प्रमुख सल्लाहकार राम बुढा मगर, संस्थाका संरक्षक मार्के मगर, लाल प्रसाद पाईजा मगर र विशेष अतिथिहरु अन्तर्राष्ट्रिय मगर महासंघ महासचिव तथा आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान मगर, एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा र अन्तर्राष्ट्रिय मगर महासंघ युरोप संयोजक नेत्र मगर, यूकेबाट मगर समाज युके कल्चरल डाइरेक्टर सरू गुरूङ राना मगर र ओशिन राना मगरको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शेर्पा किदुक बेज्लियमका अध्यक्ष पेम्बा शेर्पा, तमु समाज बेल्जियमका अध्यक्ष होम गुरूङ, तामाङ समाज बेल्जियमका प्रतिनिधि अनिता लामा, तमु धीँ बेल्जियमका अध्यक्ष संगीता तमुस्यो, किरात राई सोसाइटी बेल्जियमका महासचिव सबनम राई, पाशा पुच बेल्जियमका महासचिव सूर्य नारायण श्रेष्ठ, किरात याक्थुङ चुम्लुंग बेल्जियमका अध्यक्ष बदन योंगहांग, थकाली सेवा समिति बेल्जियमका अध्यक्ष सरोज गौचन, युरो कलाकार संघ अध्यक्ष बलराम पुन, ब्यवशायी संघ अध्यक्ष चिरण खवास, प्रवासी मंच बेल्जियमका अध्यक्ष चन्द्र कुमारी (ईशा) गुरुङ, जनसम्पर्क समिति बेल्जियमका सभापति सुबास गुरूङ,जनप्रगतिशिल मंच बेल्जियमका उपाध्यक्ष मनिस गुरूङ, राप्रपा बेल्जियका अध्यक्ष अनिल थापा, रास्वपा बेल्जियमका प्रकाश कार्की लगायत अतिथि हुनुहुन्थ्यो ।
युरोपका भिभिन्न देशहरु लगायत र बेल्जियममा स्थापित विभिन्न जातीय, क्षेत्रिय, वैचारिक, सामाजिक संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिको आतिथ्यतामा संपन्न औपचारिक कार्यक्रममा अतिथि, विशेष अतिथिहरू, सम्पूर्ण संघ सस्थाका अध्यक्ष, प्रतिनिधिहरुलाई मगरहरूको फेटा खादा र ब्याजÞद्वारा सम्मान गरिएको थियो ।
मगरहरुको पितृ पूजा गरी शुभ आरम्भ भएको कार्यक्रममा मगरहरुको प्रचलन धनुषवाण हानी पाहुनाहरुले मनोरंजन लिनु भएको थियो ।

विश्व मगर संघ बेल्जियमकी सचिव सुश्री सुशीला रोका मगरको संचालनमा सस्थाका सल्लाहकार टोइना आलेद्वारा स्वागत मन्तब्य साथै प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुले आफ्नो शुभकामना मन्तब्य दिनुभएको थियो ।
विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरद्वारा औपचारिक कार्यक्रम समापनसंगै दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार गायिका पानु रोका मगर, तारा पुन मगर र गजीन जुग्जाली मगरद्वारा विभिन्न लोक गीत सालैजो भाकामा गीतहरुद्वारा आ आफ्नो प्रस्तुतिहरु दिनु भएको थियो । साउण्ड सिस्टममा डिजे मिन पुन मगर फोटो, भिड़ियो, फेसबुक लाइभको लागि तेस्रो आँखा (थर्ड आइका रामचन्द्र थापाले साथ दिनु भएको थियो ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा