बेलायतकी राजकुमारी केटको पेटको शल्यक्रिया

लन्डन । बेलायती राजकुमारी केटको पेटको शल्यक्रिया गरिएको छ ।
उनलाई शल्यक्रियकाका लागि अस्पतालमा भर्ना गरिएको थियो र उहाँ दुई सातासम्म अस्पतालमा रहनुहुने केन्सिङ्टन दरबारले बुधबार बताएको छ ।
दरबारका अनुसार राजकुमारी केट अप्रिलपछि सार्वजनिक कर्तव्यमा फर्कने अपेक्षा गरिएको छ । ४२ वर्षीया भावी रानीलाई मङ्गलबार लन्डन क्लिनिकमा भर्ना गरिएको थियो ।
“प्रिन्सेज अफ वेल्सले शल्यक्रियाकापछि उत्पन्न हुने चासोको कदर गर्नुभएको छ, उहाँले जनताले आफ्ना बच्चाहरूका लागि सकेसम्म धेरै सामान्यता कायम राख्ने उहाँको चाहनालाई बुझ्ने अपेक्षा गर्नुभएको छ र आफ्नो व्यक्तिगत चिकित्सा जानकारी गोप्य रहोस् भन्ने उहाँको इच्छा छ”, दरबारले भनेको छ ।
दरबारले धेरै विवरण दिएको छैन तर उहाँको अवस्था गैर–क्यान्सर रहेको पुष्टि गरेको छ ।
राजकुमार विलियमकी पत्नी केटले आफ्ना आगामी कार्यक्रमहरू स्थगित गर्नुपरेकामा माफी माग्नु भएको प्यालेसले बताएको छ । “उहाँ सकेसम्म चाँडो धेरैभन्दा धेरै व्यक्तिसँग उपस्थित हुन उत्सुक हुनुहुन्छ”, दरबारले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री