
लन्डन । बेलायती राजकुमारी केटको पेटको शल्यक्रिया गरिएको छ ।
उनलाई शल्यक्रियकाका लागि अस्पतालमा भर्ना गरिएको थियो र उहाँ दुई सातासम्म अस्पतालमा रहनुहुने केन्सिङ्टन दरबारले बुधबार बताएको छ ।
दरबारका अनुसार राजकुमारी केट अप्रिलपछि सार्वजनिक कर्तव्यमा फर्कने अपेक्षा गरिएको छ । ४२ वर्षीया भावी रानीलाई मङ्गलबार लन्डन क्लिनिकमा भर्ना गरिएको थियो ।
“प्रिन्सेज अफ वेल्सले शल्यक्रियाकापछि उत्पन्न हुने चासोको कदर गर्नुभएको छ, उहाँले जनताले आफ्ना बच्चाहरूका लागि सकेसम्म धेरै सामान्यता कायम राख्ने उहाँको चाहनालाई बुझ्ने अपेक्षा गर्नुभएको छ र आफ्नो व्यक्तिगत चिकित्सा जानकारी गोप्य रहोस् भन्ने उहाँको इच्छा छ”, दरबारले भनेको छ ।
दरबारले धेरै विवरण दिएको छैन तर उहाँको अवस्था गैर–क्यान्सर रहेको पुष्टि गरेको छ ।
राजकुमार विलियमकी पत्नी केटले आफ्ना आगामी कार्यक्रमहरू स्थगित गर्नुपरेकामा माफी माग्नु भएको प्यालेसले बताएको छ । “उहाँ सकेसम्म चाँडो धेरैभन्दा धेरै व्यक्तिसँग उपस्थित हुन उत्सुक हुनुहुन्छ”, दरबारले भनेको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण