
लण्डन । बेलायतमा डिसेम्बर महिनामा फेरि मुद्रास्फिति बढेको छ ।
अफिस फर न्याशनल स्टाटिटिक्स (ओएनस)ले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सो डिसेम्बर ४ प्रतिशत मुद्रास्फिति रहेको थियो ।
अर्थशास्त्रीहरुले डिसेम्बरमा मुद्रास्फिति ३.८ प्रतिशत रहने अनुमान गरेका थिए । यसअघि नोभेम्बरमा सो मुद्रास्फिति ३.९ प्रतिशत रहेको थियो ।
ओएनएसका अर्थशास्त्रीहरुका अनुसार चुरोट र मदिराजन्य सामग्रीमा भएको मूल्यवृद्धिका कारण मुद्रास्फिति बढेको हो ।
यद्यपि विज्ञहरुले सन् २०२४ मा बेलायतमा मुद्रास्फिति घट्ने र बैँकको ब्याजदर पनि घट्ने अनुमान गरेका छन् । अहिले बैँक अफ इंग्ल्याण्डले तोकेको बेस रेट ५.२५ प्रतिशत रहेको छ ।
डिसेम्बर अघि बेलायतको मुद्रास्फिति विज्ञहरुले अनुमान गरेभन्दा पनि तीव्र गतिमा घटेको थियो ।
अर्थशास्त्रीहरुले डिसेम्बरमा मुद्रास्फिति आशा गरेअनुसार नघटे पनि यसबाट चिन्तित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा