
लण्डन । बेलायतमा डिसेम्बर महिनामा फेरि मुद्रास्फिति बढेको छ ।
अफिस फर न्याशनल स्टाटिटिक्स (ओएनस)ले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सो डिसेम्बर ४ प्रतिशत मुद्रास्फिति रहेको थियो ।
अर्थशास्त्रीहरुले डिसेम्बरमा मुद्रास्फिति ३.८ प्रतिशत रहने अनुमान गरेका थिए । यसअघि नोभेम्बरमा सो मुद्रास्फिति ३.९ प्रतिशत रहेको थियो ।
ओएनएसका अर्थशास्त्रीहरुका अनुसार चुरोट र मदिराजन्य सामग्रीमा भएको मूल्यवृद्धिका कारण मुद्रास्फिति बढेको हो ।
यद्यपि विज्ञहरुले सन् २०२४ मा बेलायतमा मुद्रास्फिति घट्ने र बैँकको ब्याजदर पनि घट्ने अनुमान गरेका छन् । अहिले बैँक अफ इंग्ल्याण्डले तोकेको बेस रेट ५.२५ प्रतिशत रहेको छ ।
डिसेम्बर अघि बेलायतको मुद्रास्फिति विज्ञहरुले अनुमान गरेभन्दा पनि तीव्र गतिमा घटेको थियो ।
अर्थशास्त्रीहरुले डिसेम्बरमा मुद्रास्फिति आशा गरेअनुसार नघटे पनि यसबाट चिन्तित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण