
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैठौं अधिवेशन आगामी जुन महिनामा हुने भएको छ ।
आइतबार अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा लन्डनको ग्रीनवीचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा सम्पन्न कार्यसमितिको पूर्ण बैठकले जुनभित्रै अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले अधिवेशन मिति र भेन्यू आवश्यक गृहकार्यपछि आगामी बैठकले घोषणा गर्ने तथा भेन्यू बुकिङसम्बन्धि आवश्यक समन्वयको जिम्मेवारी अध्यक्ष ध्रुवराज अर्याल र कार्यसमिति सदस्य गोमा रानालाई दिने पनि निर्णय गरेको छ ।
त्यस्तै, शाखाको सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण आगामी अप्रिल महिनाभित्र गरिने भएको छ । जसका लागि आवश्यक विधि र मापदण्डको प्रस्ताव आगामी कार्यसमिति बैठकमा पेश गर्न वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई र महासचिव नरेन्द्र बस्नेतलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।
बैठकले शाखाको पाँचौं कार्यसमितिका सम्पूर्ण गतिविधि समेट्दै एक स्मारिका प्रकाशन गर्ने तथा वेबसाइट रिडिजाइन गर्ने र त्यसको संयोजन गर्ने जिम्मेवारी क्रमशः कार्यसमिति सदस्य बम थापा सूर्यवंशी र अध्यक्ष ध्रुवराज अर्याललाई दिने पनि निर्णय गरेको छ ।
कार्यसमितिको अर्को पूर्ण बैठक मार्च २४ तारिख आइतबार बस्ने भएको छ ।
बैठकले कार्यसमिति सदस्य बम थापा सूर्यवंशी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको अध्यक्षमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
सो अवसरमा फोनिज यूकेका नवनिर्वाचित अध्यक्ष बम थापा सूर्यवंशी, कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा फोनिज यूके निवर्तमान अध्यक्ष गोमा राना र ‘स्वस्थ जिन्दगीको सान’ पुस्तक प्रकाशित गरेकोमा नगेन्द्र नेम्वाङलाई शाखाका तर्फबाट अध्यक्ष अर्यालले खादा ओढाएर सम्मान गरेका थिए ।
महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई, सचिवद्वय मञ्जु भण्डारी र खेमराज रानाभाट, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम तथा सदस्यहरु गोमा राना, वम थापा सूर्यवंशी र नगेन्द्र नेम्वाङसहित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुको उल्लेख्य सहभागिता थियो।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण