
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले पोखराका बौद्ध धर्मगुरु खेन्पो किरण तुलाचनको बिदाई गरेको छ ।
गत बुधबार १० जनवरीका दिन अल्डरसटस्थित गुम्बामा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङले खादा लगाई बिदाई गरिएको हो ।
बीसीसी यूकेले गत ३१ डिसेम्बर अर्थात् पौष १५ गते तमू (गुरुङ) ल्होछार कार्यक्रममा लागि बेलायत आएका खेन्पो किरण करिब २ हप्ताको बसाईपश्चात नेपाल फर्किन लागेका हुन् । त्यस्तै, बीसीसी यूकेको निमन्त्रणामा बेलायत आईपुगेका धर्मगुरु खैबा कर्मलाई स्वागत गरेको छ । खैबा कर्म करिब ५ महिना गुम्बामा रहेर भक्तजनहरुको सेवा गर्ने छन् ।
कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले बीसीसी युकेले आयोजना गरेको तमू ल्होछार कार्यक्रमका लागि विशेष आतिथ्यसहित पूजापाठ, प्रवचन तथा अभिषेक (वाङ्ग) दिएकोमा खेन्पो किरणलाई धन्यवाद दिए । त्यस्तै, खेन्पो किरणले बीसीसी यूकेले गरेको स्वागत, सत्कार तथा सम्मानको लागि धन्यवाद दिए ।
सो अवसरमा बीसीसी युकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, सल्लाहकार कमल गुरुङ, सल्लाहकार पूर्ण गुरुङ, आमाहरुलगायत आफन्तजन, इष्टमित्र र शुभचिन्तकहरुले खेंपों र खैबालाई खादा लगाई दिएका थिए ।
बीसीसी यूकेका खेन्पो गुरु कर्म छुल्त्रिम, धर्मशालाबाट आएका ६ जना धर्मगुरुहरु, बौद्ध अर्घौं सदन पोखराका लामा हर्कजंग घले, प्रदीप गुरुङ, पुरन गुरुङलगायतको समेत उपस्थिति रहेको विदाई कार्यक्रम भक्तजनहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
स्मरण रहोस्, खेन्पो तुलाचनले बीसीसी यूकेले आयोजना गरेको तमू ल्होछार पर्वका दिन धार्मिक प्रवचन, दीप प्रज्ज्वलन, घ्यासी, आयु, छोग, घनचक्र पूजाका साथसाथै आयूको अभिषेक प्रदान गरेका थिए ।

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन