
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले पोखराका बौद्ध धर्मगुरु खेन्पो किरण तुलाचनको बिदाई गरेको छ ।
गत बुधबार १० जनवरीका दिन अल्डरसटस्थित गुम्बामा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङले खादा लगाई बिदाई गरिएको हो ।
बीसीसी यूकेले गत ३१ डिसेम्बर अर्थात् पौष १५ गते तमू (गुरुङ) ल्होछार कार्यक्रममा लागि बेलायत आएका खेन्पो किरण करिब २ हप्ताको बसाईपश्चात नेपाल फर्किन लागेका हुन् । त्यस्तै, बीसीसी यूकेको निमन्त्रणामा बेलायत आईपुगेका धर्मगुरु खैबा कर्मलाई स्वागत गरेको छ । खैबा कर्म करिब ५ महिना गुम्बामा रहेर भक्तजनहरुको सेवा गर्ने छन् ।
कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले बीसीसी युकेले आयोजना गरेको तमू ल्होछार कार्यक्रमका लागि विशेष आतिथ्यसहित पूजापाठ, प्रवचन तथा अभिषेक (वाङ्ग) दिएकोमा खेन्पो किरणलाई धन्यवाद दिए । त्यस्तै, खेन्पो किरणले बीसीसी यूकेले गरेको स्वागत, सत्कार तथा सम्मानको लागि धन्यवाद दिए ।
सो अवसरमा बीसीसी युकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, सल्लाहकार कमल गुरुङ, सल्लाहकार पूर्ण गुरुङ, आमाहरुलगायत आफन्तजन, इष्टमित्र र शुभचिन्तकहरुले खेंपों र खैबालाई खादा लगाई दिएका थिए ।
बीसीसी यूकेका खेन्पो गुरु कर्म छुल्त्रिम, धर्मशालाबाट आएका ६ जना धर्मगुरुहरु, बौद्ध अर्घौं सदन पोखराका लामा हर्कजंग घले, प्रदीप गुरुङ, पुरन गुरुङलगायतको समेत उपस्थिति रहेको विदाई कार्यक्रम भक्तजनहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
स्मरण रहोस्, खेन्पो तुलाचनले बीसीसी यूकेले आयोजना गरेको तमू ल्होछार पर्वका दिन धार्मिक प्रवचन, दीप प्रज्ज्वलन, घ्यासी, आयु, छोग, घनचक्र पूजाका साथसाथै आयूको अभिषेक प्रदान गरेका थिए ।

सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा