पोष्ट अफिसकी पूर्व सिइओले सिबिई फिर्ता गर्ने

लण्डन । बेलायतको पोष्ट अफिसकी पूर्व प्रमुख कार्यकारी अधिकृतले आफूले पाएको सम्मान सिबिई फिर्ता गर्ने भएकी छिन् ।
पोष्ट अफिसमा प्रयोग गरिएको होराइजन नामक सफ्टवेयरले पैसा कम्ती देखाउँदा धेरै कर्मचारीहरुमाथि विगतमा कानुनी कार्बाही गरिएको थियो । तर लामो समयको छानविनले उनीहरु निर्दोष पाइए ।
सो समयमा सिइओ रहेकी पाउला भेनल्सले आफूलो सो सम्मान फिर्ता गर्ने मंगलबार एक प्रेस बक्तब्य जारी गर्दै घोषणा गरेकी छिन् ।
उनलाई बेलायतकी महारानीबाट दिइएको सो सम्मान खोस्न माग गर्दै गरिएको हस्ताक्षर संकलनमा १० लाखभन्दा धेरैले हस्ताक्षर गरिसकेका छन् । जसबाट भेनल्सलाई सो सम्मान फिर्ता गर्न ठूलो दबाब सिर्जना भएको थियो ।
उनले सो विषयमा अहिले अनुसन्धान भइरहेकाले आफू मौन बसेको पनि बताएकी छिन् ।
बेलायतको पोष्ट अफिसमा सन् १९९९ देखि २०१५ सम्ममा पैसा लुकाएको अभियोगमा ७३६ कर्मचारीहरुमाथि मुद्दा लगाइएको थियो । ७०० भन्दा बढी शाखाका प्रबन्धकहरुलाई आपराधिक रेकर्डमा राखिएको थियो ।
अहिले सरकारले प्राविधिक त्रुटीका कारण सो घटना भएको भन्दै सो सम्बन्धमा भएका कानुनी कार्बाहीलाई सच्याउने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री