
लन्डन । बेलायतका चर्चित फोटो पत्रकार तथा गोर्खा मिडिया युकेका प्रबन्ध निर्देशक मिलन तमु गुरुङलाई तमु समाज युकेले उत्कृष्ट समाजसेवा सम्मान प्रदान गरेको छ ।
समाजले शनिबार लण्डनको हेरो लेजर सेन्टरमा आयोजना गरेको मुप्ह्री ल्हो (गिद्ध वर्ग) ल्होछार कार्यक्रममा तमुलाई समाजका अध्यक्ष शिवकुमार गुरुङले खादा, फेटा, सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।
तमु तीन दशकदेखि फोटो पत्रकारका रुपमा कार्यरत छन् ।
पूर्व गोरखा सैनिकसमेत रहेका गुरुङ फोटो पत्रकारिताका साथै एभरेष्ट टाइम्स साप्ताहिक र गोर्खाज डटकममा पनि आवद्ध रहेका थिए । अहिले भने उनले गोरखा मिडिया डटकम सन्चालन गर्दै आएका छन् ।
तमुलाई गत महिना मात्र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले ‘फोनिज पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरेको थियो ।
समाजसेवी तथा गीतकारका रुपमा समेत चिनिएका तमुले विभिन्न सामाजिक संघसंस्थामा आबद्ध उनले यसअघि लंग सर्भिस एन्ड गुड कन्डक्ट मेडेल, कोसोभो कन्फ्लिक्ट मेडल, ब्रुनाइ सर्भिस मेडेल, सहारा युकेबाट विशेष सम्मान २०१६, हर्कबहादुर स्मृति पुरस्कार, आदर्श तमु वर्ष २०२२ प्राप्त गरिसकेका छन् ।
पोखरा नयाँबजारका उनको पुर्ख्यौली गाउँ कास्कीको रिभान हो । हाल उनी अल्डरसटमा सपरिवार बस्दै आएका छन् ।
बुवा शिरध्वज र आमा डिलकुमारी गुरुङका पहिलो सन्तान मिलन तमु गीत लेखनमा पनि सक्रिय छन् । उनको रोधी घरको आँगन बोलको गीत (भाग १ देखि ३) स्रोता दर्शकले निकै रुचाएका थिए । उनले गुरुङ फिल्म युम्पो देउराली निर्माण पनि गरेका छन् । साथै नेपालका विभिन्न ठाउँमा बाटो, मन्दिर, गुम्बा, क्होंइबो निर्माणमा आर्थिक सहयोग गरेका छन् । उनले अलपत्र, पीडित र सहयोग मागिरहेका व्यक्ति तथा संघसंस्थालाई सहयोग आह्वान गर्दै आफै पनि हात फैलाउँछन् । उनले आर्थिक सहयोग गरेका व्यक्ति एवं संघसंस्था सय बढी छन् । उनको पेन्सन र स्थायी जागिर छँदैछ । फोटोग्राफीको आम्दानी विभिन्न परोपकारी कार्यमा लगाउँछन् ।

सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा