
लन्डन । बेलायतका चर्चित फोटो पत्रकार तथा गोर्खा मिडिया युकेका प्रबन्ध निर्देशक मिलन तमु गुरुङलाई तमु समाज युकेले उत्कृष्ट समाजसेवा सम्मान प्रदान गरेको छ ।
समाजले शनिबार लण्डनको हेरो लेजर सेन्टरमा आयोजना गरेको मुप्ह्री ल्हो (गिद्ध वर्ग) ल्होछार कार्यक्रममा तमुलाई समाजका अध्यक्ष शिवकुमार गुरुङले खादा, फेटा, सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।
तमु तीन दशकदेखि फोटो पत्रकारका रुपमा कार्यरत छन् ।
पूर्व गोरखा सैनिकसमेत रहेका गुरुङ फोटो पत्रकारिताका साथै एभरेष्ट टाइम्स साप्ताहिक र गोर्खाज डटकममा पनि आवद्ध रहेका थिए । अहिले भने उनले गोरखा मिडिया डटकम सन्चालन गर्दै आएका छन् ।
तमुलाई गत महिना मात्र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले ‘फोनिज पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरेको थियो ।
समाजसेवी तथा गीतकारका रुपमा समेत चिनिएका तमुले विभिन्न सामाजिक संघसंस्थामा आबद्ध उनले यसअघि लंग सर्भिस एन्ड गुड कन्डक्ट मेडेल, कोसोभो कन्फ्लिक्ट मेडल, ब्रुनाइ सर्भिस मेडेल, सहारा युकेबाट विशेष सम्मान २०१६, हर्कबहादुर स्मृति पुरस्कार, आदर्श तमु वर्ष २०२२ प्राप्त गरिसकेका छन् ।
पोखरा नयाँबजारका उनको पुर्ख्यौली गाउँ कास्कीको रिभान हो । हाल उनी अल्डरसटमा सपरिवार बस्दै आएका छन् ।
बुवा शिरध्वज र आमा डिलकुमारी गुरुङका पहिलो सन्तान मिलन तमु गीत लेखनमा पनि सक्रिय छन् । उनको रोधी घरको आँगन बोलको गीत (भाग १ देखि ३) स्रोता दर्शकले निकै रुचाएका थिए । उनले गुरुङ फिल्म युम्पो देउराली निर्माण पनि गरेका छन् । साथै नेपालका विभिन्न ठाउँमा बाटो, मन्दिर, गुम्बा, क्होंइबो निर्माणमा आर्थिक सहयोग गरेका छन् । उनले अलपत्र, पीडित र सहयोग मागिरहेका व्यक्ति तथा संघसंस्थालाई सहयोग आह्वान गर्दै आफै पनि हात फैलाउँछन् । उनले आर्थिक सहयोग गरेका व्यक्ति एवं संघसंस्था सय बढी छन् । उनको पेन्सन र स्थायी जागिर छँदैछ । फोटोग्राफीको आम्दानी विभिन्न परोपकारी कार्यमा लगाउँछन् ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा