
लण्डन । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।
यसैगरी प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई अर्पण गर्ने निर्णय गरेको छ ।
हालै बेलायतमा बसेको संस्थाको बैठकले उक्त निर्णय गरेको हो ।
लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका गीतकार, संगीतकार तथा गायक गणेश रसिकले नेपाली गीत–संगीतका साथै कथा, कविता, उपन्यास, संस्मरण र निवन्ध विधाका दर्जनभन्दा बढी कृति प्रकाशित गरी नेपाली साहित्यको श्रीबृद्धिमा दिएको अतुलनीय योगदानको कदर गर्दै प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष टंक वनेमले बताए ।
रसिकका क्षितिजलाई छुन खोज्दा (कथा संग्रह, २०२४), एउटा सारङ्गी छुन खोज्दा (कथा संग्रह, २०२७), रसिकका गीतहरू (गीत संग्रह, २०४५), आकाशगंगाको ओतमुनि (उपन्यास, २०४८), जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण, २०५५), बिलाउँदै गएका गीत (कथा संग्र्रह, २०५८), दशगजामा उभिएर हेर्दा (उपन्यास, २०६३), स्वाधिनताको पीडा (गीत संग्रह, २०६८), पेरुङ्गो संस्करण (पाँच कृति, २०७३) लगायत मेरो अतीत (अडियो क्यासेट), अन्तराल (अडियो क्यासेट भाग १ र २), ओ ! शून्यता (सी.डी.) आदि प्रकाशित छन् ।
यसैगरी, लामो समयदेखि पत्रकारितामा संलग्न रहँदै आएका मेन्याङ्बोको पुरुषगन्ध (कथाकृति, २०६०) प्रकाशित छ भने फुटकर रूपमा उनका विभिन्न पत्रपत्रिकामा मुन्धुमी कविताहरू प्रकाशित छन् । हाल उनी मुन्धुमी ज्ञानको खोज–अन्वेषण कार्यमा संलग्न रहेका छन् । सम्मानको राशि नगद पचास हजार र पुरस्कारको राशि नगद एक लाख रुपैयाँ रहेको छ । प्रतिष्ठानका महासचिव चोक गुरुङका अनुसार सम्मान तथा पुरस्कार चैत्र महिनाको अन्तिम साता काठमाडौँमा एक समारोहको आयोजना गरी अर्पण गर्नेे कार्यक्रम रहेको छ ।
सन् २००८ मा बेलायतमा स्थापित यस प्रतिष्ठानबाट हालसम्म ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, डा. राजेन्द्र बिमल, डा. कृष्णहरि बराल र दीप श्रेष्ठ सम्मानित भइसकेका छन् भने गत वर्ष वरिष्ठ कवि बैरागी काइँलालाई धरानमा बृहत् नागरिक अभिनन्दन गरिएको थियो ।
यसैगरी प्रतिभा पुरस्कारबाट नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारूङ, बिमला तुम्खेवा, गणेश गुरुङ र सुदीप पाख्रिन पुरस्कृत भइसकेका छन् ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा