
लण्डन । नयाँ वर्ष २०२४ को शुरुवातसँगै बेलायतले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आफ्नो पार्टनर ल्याउन बन्देज लगाएको छ ।
बेलायतको गृह मन्त्रालयका अनुसार जनवरी १ देखि अब सीमित विद्यार्थीहरुले मात्र आफ्नो डिपेन्डेण्टलाई बेलायत ल्याउन पाउने छन् । जसमा बेलायतमा विद्यावारिधि अध्ययन गर्नेहरु, अनुसन्धानात्मक अध्ययनमा आधारित स्नातकोत्तर गर्नेहरु र सरकारी छात्रवृत्तिमा छ महिना भन्दा लामो अध्ययन गर्नेहरु छन् ।
यसबाहेक अन्य विद्यार्थीहरुलाई आफ्नो डिपेन्डेण्ट ल्याउन पूर्णत बन्देज लगाइएको छ । अन्डरग्राजुयटमा सरकारी छात्रवृत्ति पाएकाबाहेक अरु विद्यार्थीलाई डिपेण्डेण्ट ल्याउन रोक लगाइएको छ ।
बेलायतले आप्रवासीको संख्या कटौती गर्न सो प्रावधान ल्याएको हो ।
यसबाट बेलायतको शैक्षिक क्षेत्रमा गम्भीर असर पर्ने आँकलन पनि गरिएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण