गुरुङ सोसाइटी केन्टले मनायो तमु ल्होसार

लन्डन । गुरुङ सोसाइटी केन्ट युकेले ल्होसार कार्यक्रम सम्पन्न गरेको छ ।
फोकस्टोन केन्टस्थित हकिङज कम्युनिटी सेन्टरमा भएको सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङले गरेका थिए भने प्रमुख अतिथि मेडवे काउन्सिलकी मेयर काउन्सिलर नीना गुरुङ रहेकी थिइन् । विशेष अतिथिहरुमा सेकेण्ड बटालियन द रोयल गोर्खा राइफल्सका गोर्खा मेजर सन्जिप राई एमभीओ, रेजिमेन्टल सार्जेन्ट मेजर डब्ल्यूओवान डीक लिम्बू, सगरमाथा गोर्खा नेपाली कम्युनिटी आशफोर्ड केन्टका अध्यक्ष डम्बर लिम्बू थिए ।
कार्यक्रममा उपस्थित पाहुनाहरुलाई आठौं कार्यसमिति र सल्लाहकारहरुद्वारा स्वागत गरिएको थियो । उपस्थित पाहुनाहरुलाई गत वर्षहरुमा झैँ गुरुङहरुको प्रचलन अनुसार गाउँघरतिरकै तरिकाले रोटी र तीन पाने रक्सीले भब्य स्वागत गरे । यसवर्ष चलिरहेको बिरालो वर्ग (हयुई)ल्हो लाई विदाई गरी गिद्ध र गरुड वर्ग (मुप्र्ही) ल्होलाई स्वागत गर्न आयोजित उक्त ल्होसार कार्यक्रममा केन्टबासी गुरुङ (तमु) हरुको बाक्लो सहभागिता थियो । समाजका महासचिव तोरण गुरुङले हेल्थ एन्ड सेफ्टी सम्बन्धि जानकारीका साथै औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए भने समाजका प्रथम उपाध्यक्ष गोलमान गुरुङले स्वागत मन्तव्य राखे । उक्त कार्यक्रममा प्रत्येक वर्षहरुमा झैं यसवर्ष पनि जिसिएसइमा ११ ए स्टार ल्याई उत्कृष्ट अंक ल्याएका तमु विद्यार्थी सँस्कृति गुरुङलाई ब्राइट फ्युचर अवार्ड साथै १०१ पाउण्डको चेकसहित खादाले सम्मान गरिएको थियो । समाजको विभिन्न क्षेत्रमा योगदान दिएवापत यस वर्षको उत्कृष्ट समाज सेवा सम्मान पत्र २०२३ बाट शंकर गुरुङ सम्मानित भए ।

त्यसैगरी यो वर्ष आफ्नो मौलिक भेषभूषा जगेर्ना गर्नाका लागि वेष्ट मेल गुरुङ ड्रेस र वेष्ट फिमेल गुरुङ ड्रेसको प्रतियोगिता पनि राखिएको थियो। जसमा पुरुषतर्फ बाबु प्रणित गुरुङ र महिलातर्फ प्रिसिका गुरुङ विजेता भए। पुरस्कार प्रायोजन मेजरनी श्रीमती सुधा गुरुङले गरेकी थिइन् । जसको लागि निर्णायकहरु गोलमान गुरुङ र ममता गुरुङ थिए । समाजको तर्फबाट प्रमुख अतिथि मेडवेकी मेयर काउन्सिलर नीना गुरुङ र उहाँको श्रीमान ताइकाजी गुरुङलाई पनि समाजको तर्फबाट गुरुङहरुको प्रचलनअनुसार भांग्रा, पछ्यौरा साथै फूलका गुच्छाले बधाई तथा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेयर गुरुङले समाजले आयोजना गरेको मुप्र्ही ल्होसारमा सहभागी हुन पाउँदा असाध्यै खुशी लागेको बताउँदै गुरुङ भाषाबाट आफ्नो मन्तव्य सुरु गरेर सम्मानित ब्यक्तित्वहरुलाई बधाई दिदै तमु ल्होसारको शुभकामना दिइन्। औपचारिक कार्यक्रमको अन्तमा समाजका अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए । दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक संयोजक उमा गुरुङ र ईशु गुरुङको नेतृत्वमा सञ्चालन भएको थियो । सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले उत्कृष्ट नृत्यहरु प्रस्तुत गरे ।

प्रस्तुति देखाउने नानी बाबुहरुमा सँस्कृति गुरुङ, निलु गुरुङ, निग्चेन गुरुङ, मेलिसा गुरुङ, प्रेरणा गुरुङ, योगी गुरुङ, मनिषा गुरुङ, लुङ्मा लिम्बु गुरुङ, बिनु गुरुङ, किरण गुरुङ हुनुहुन्थ्यो । औपचारिक कार्यक्रमपश्चात प्रस्तुत गरिएको उक्त सांस्कृतिक कार्यक्रमले प्रमुख अतिथि, विशेष अतिथिहरु लगायत दर्शकहरुले झुमेर भरपूर मनोरञ्जन लिएका थिए । साथै युवा युवतीहरुको बाक्लो उपस्थिति रहेको उक्त ल्होसार कार्यक्रममा विभिन्न आकर्षक नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा सुन्दर नृत्यहरु प्रस्तुत गरेका सबैलाई गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङले खादा लगाएर मायाको चिनो प्रदान गरे । केन्टबासी तमु (गुरुङ) हरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा गुरुङ सोसाइटी केन्ट यूकेका सल्लाहकार साथै कार्यसमितिले प्रवेशद्वारमा पाहुनाहरुको स्वागत, जलपान तथा टिकटको विशेष व्यवस्थापन गरेका थिए । त्यस्तै, गायक बिसी राईले साउण्ड सिस्टम व्यवस्थापन, लक्ष्मी चेम्जोङ र जितेन्द्र चेम्जोङले डेकुरेसन, खाना ब्यबस्थापनमा गोर्खा भिल्ला रेस्टुरेन्ट, फोटोग्राफीमा तेजबहादुर गुरुङ र भिडियोग्राफीमा गोलमान गुरुङले विशेष भूमिका खेलेका थिए । राफल ड्र श्रीमती हिरा गुरुङ र देवी गुरुङले सञ्चालन गरेका थिए। पहिलो पुरस्कार आधा तोला सुन गुरुङ सोसाइटी केन्ट युकेले, दोस्रो सुनको चन्द्रमा अश्मी ज्वेलर्स साथै विभिन्न आकर्षक पुरस्कारहरु थिए । अन्त्यमा आफू खुशीको नाच नाचेर कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री