
लण्डन । भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले हरेक दुई/दुई वर्षमा प्रदान गर्दै आएको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार यस वर्षको लागि संगीतकार, गायक तथा लेखक हिरण्य भोजपुरे र कवि करुणा राईलाई प्रदान गर्ने निर्णय गरेको छ ।
सो सम्मानमा १५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ भने पुरस्कारमा ३५ हजार रुपियाँसहित ताम्रपत्र रहेको छ ।
संस्थाले यसअघि साहित्यकार पूर्णप्रकाश यात्री, साहित्यकार परशु प्रधान, साहित्यकार कृष्ण जोशी, साहित्यकार जीवी लुगुन, साहित्यकार शैलेन्द्र साकार, साहित्यकार मन्जुल, साहित्यकार गायक तथा संगीतकार गणेश रसिक, ईतिहासकार ज्ञानमणि नेपाल र श्याम तमोटलाई सम्मान गरिसकेको छ ।
यसैगरी, कवि श्रवण मुकारुङ, संगीतकार दिनेश वान्तवा, कवि विप्लव ढकाल, कवि विमल गिरी, धाविका मीरा राई, कवि तथा समालोचक पूर्ण ईन्फादा, गायक भीषण मुकारुङ र लेखक कविता राईलाई पुरस्कार प्रदान गरिसकेको छ ।
यस वर्षको सम्मान र पुरस्कार २०८१ साल वैशाखमा नेपालमा एक भब्य कार्यक्रमको आयोजना गरी प्रदान गरिने संस्थाले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा