
लण्डन । भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले हरेक दुई/दुई वर्षमा प्रदान गर्दै आएको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार यस वर्षको लागि संगीतकार, गायक तथा लेखक हिरण्य भोजपुरे र कवि करुणा राईलाई प्रदान गर्ने निर्णय गरेको छ ।
सो सम्मानमा १५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ भने पुरस्कारमा ३५ हजार रुपियाँसहित ताम्रपत्र रहेको छ ।
संस्थाले यसअघि साहित्यकार पूर्णप्रकाश यात्री, साहित्यकार परशु प्रधान, साहित्यकार कृष्ण जोशी, साहित्यकार जीवी लुगुन, साहित्यकार शैलेन्द्र साकार, साहित्यकार मन्जुल, साहित्यकार गायक तथा संगीतकार गणेश रसिक, ईतिहासकार ज्ञानमणि नेपाल र श्याम तमोटलाई सम्मान गरिसकेको छ ।
यसैगरी, कवि श्रवण मुकारुङ, संगीतकार दिनेश वान्तवा, कवि विप्लव ढकाल, कवि विमल गिरी, धाविका मीरा राई, कवि तथा समालोचक पूर्ण ईन्फादा, गायक भीषण मुकारुङ र लेखक कविता राईलाई पुरस्कार प्रदान गरिसकेको छ ।
यस वर्षको सम्मान र पुरस्कार २०८१ साल वैशाखमा नेपालमा एक भब्य कार्यक्रमको आयोजना गरी प्रदान गरिने संस्थाले जनाएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण