
लण्डन । बेलायतमा मृत्यु भएका एक नेपाली युवाको आफन्तलाई सम्पर्क गराइदिन प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ ।
प्रहरीले ४६ वर्षीय सुरेश मगरले आत्महत्या गरेको आशंका गरेको छ र उनका नजिकका आफन्तहरुको खोजी गर्दा कोही पनि फेला नपरेका कारण उनको शव व्यवस्थापन गर्न असजिलो परेकाले सर्वसाधारणलाई उनका आफन्त खोजिदिन प्रहरीले अपील गरेको हो ।
मगर पोर्चुगिज पासपोर्टबाहक भएकाले प्रहरीले पोर्चुगलमा उनका आफन्तको खोजी गरेको र त्यहाँ कोही फेला नपरेपछि बेलायतस्थित नेपाली दुताबासलाई सहयोगका लागि पत्राचार गरेको पाइएको छ ।
दुताबासले सो कार्यमा सहयोग गर्न मगर संघ बेलायतलाई सम्पर्क गरेपछि अहिले मगर संघ युकेले सामाजिक तथा सांगठानिक सञ्जालमार्फत मगरका आफन्तहरुको खोजी कार्यलाई अघि बढाएको छ ।
दुताबासलाई प्रहरीले उपलब्ध गराएको संक्षिप्त विवरणमा मगर लण्डनमा काका काकीसित बस्दै आएको बताइएको छ । अहिले काका काकी नेपाल बिदामा गएको अवस्थामा उनको निधन भएको हो । निधन कहिले, कहाँ र कसरी भयो पनि उल्लेख गरिएको छैन ।
उनका आमाको नाम परमी मगर पिताको नाम धनीराज मगर बताइएको छ ।
उनको जन्म नेपालको कुन जिल्ला हो खुलाइएको छैन । उनको राहदानीमा जन्मस्थल नेपाल मात्र लेखिएको छ ।
उनको आफन्तका बारेमा जानकारी भएमा नेपाली दुताबास लण्डनमा ०२० ७२२९ १५९४ वा डिटेक्टिभ कन्सटेवललाई ०७९ २०१५ ५३३१ मा सम्पर्क गरी जानकारी दिन अपील गरिएको छ ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा