
लण्डन । बेलायतमा मृत्यु भएका एक नेपाली युवाको आफन्तलाई सम्पर्क गराइदिन प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ ।
प्रहरीले ४६ वर्षीय सुरेश मगरले आत्महत्या गरेको आशंका गरेको छ र उनका नजिकका आफन्तहरुको खोजी गर्दा कोही पनि फेला नपरेका कारण उनको शव व्यवस्थापन गर्न असजिलो परेकाले सर्वसाधारणलाई उनका आफन्त खोजिदिन प्रहरीले अपील गरेको हो ।
मगर पोर्चुगिज पासपोर्टबाहक भएकाले प्रहरीले पोर्चुगलमा उनका आफन्तको खोजी गरेको र त्यहाँ कोही फेला नपरेपछि बेलायतस्थित नेपाली दुताबासलाई सहयोगका लागि पत्राचार गरेको पाइएको छ ।
दुताबासले सो कार्यमा सहयोग गर्न मगर संघ बेलायतलाई सम्पर्क गरेपछि अहिले मगर संघ युकेले सामाजिक तथा सांगठानिक सञ्जालमार्फत मगरका आफन्तहरुको खोजी कार्यलाई अघि बढाएको छ ।
दुताबासलाई प्रहरीले उपलब्ध गराएको संक्षिप्त विवरणमा मगर लण्डनमा काका काकीसित बस्दै आएको बताइएको छ । अहिले काका काकी नेपाल बिदामा गएको अवस्थामा उनको निधन भएको हो । निधन कहिले, कहाँ र कसरी भयो पनि उल्लेख गरिएको छैन ।
उनका आमाको नाम परमी मगर पिताको नाम धनीराज मगर बताइएको छ ।
उनको जन्म नेपालको कुन जिल्ला हो खुलाइएको छैन । उनको राहदानीमा जन्मस्थल नेपाल मात्र लेखिएको छ ।
उनको आफन्तका बारेमा जानकारी भएमा नेपाली दुताबास लण्डनमा ०२० ७२२९ १५९४ वा डिटेक्टिभ कन्सटेवललाई ०७९ २०१५ ५३३१ मा सम्पर्क गरी जानकारी दिन अपील गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा