बेलायत थाहै नपाई आर्थिक मन्दीमा !

लन्डन । बेलायतको अर्थतन्त्र थाहै नपाई आर्थिक मन्दीमा गइसकेको हुनसक्ने तथ्याङ्क सार्वजनिक भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा यस वर्षको जुलाईदेखि सेप्टेम्बरको तेस्रो त्रैमासिकमा बेलायतको आर्थिक वृद्धिदर शून्य दशमलव १ प्रतिशत रहेको बताइएको छ । यसअघि अप्रिलदेखि जुनसम्मको वृद्धिदर पनि शून्य दशमलव २ प्रतिशत मात्र रहेको थियो ।
ओएनएसले सेप्टेम्बरदेखि डिसेम्बरबीचको अन्तिम त्रैमासिकको तथ्याङ्क भने अर्को वर्षमात्र सार्वजनिक गर्ने छ । साथै यसअघि प्रकाशित तथ्याङ्कहरूको पनि पुनरावलोकन गर्ने छ ।
यसबाट बेलायतको अर्थतन्त्र सन् २०२३ मा नै मन्दीमा गइसकेको हुनसक्ने आशङ्का बढेको छ ।
लगातार दुई त्रैमासिक नकारात्मक आर्थिक वृद्धि भएको अवस्थालाई आर्थिक मन्दीका रूपमा परिभाषित गरिएको छ ।
“तेस्रो त्रैमासिकमा वास्तविक जिडिपीमा सङ्कुचनको अर्थ हल्कारूपमा मन्दी सुरु भएको छ”, क्यापिटल इकोनमिक्सक विश्लेषक एशले वेबले भन्नुभयो, “तर सानो मन्दी भए पनि वा नभए पनि सन् २०२४ को पूरा वर्षमा जिडिपी सुस्त रहने अनुमानका लागि यो ठूलो तस्बिर हो ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री