
लन्डन । बेलायतको अर्थतन्त्र थाहै नपाई आर्थिक मन्दीमा गइसकेको हुनसक्ने तथ्याङ्क सार्वजनिक भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा यस वर्षको जुलाईदेखि सेप्टेम्बरको तेस्रो त्रैमासिकमा बेलायतको आर्थिक वृद्धिदर शून्य दशमलव १ प्रतिशत रहेको बताइएको छ । यसअघि अप्रिलदेखि जुनसम्मको वृद्धिदर पनि शून्य दशमलव २ प्रतिशत मात्र रहेको थियो ।
ओएनएसले सेप्टेम्बरदेखि डिसेम्बरबीचको अन्तिम त्रैमासिकको तथ्याङ्क भने अर्को वर्षमात्र सार्वजनिक गर्ने छ । साथै यसअघि प्रकाशित तथ्याङ्कहरूको पनि पुनरावलोकन गर्ने छ ।
यसबाट बेलायतको अर्थतन्त्र सन् २०२३ मा नै मन्दीमा गइसकेको हुनसक्ने आशङ्का बढेको छ ।
लगातार दुई त्रैमासिक नकारात्मक आर्थिक वृद्धि भएको अवस्थालाई आर्थिक मन्दीका रूपमा परिभाषित गरिएको छ ।
“तेस्रो त्रैमासिकमा वास्तविक जिडिपीमा सङ्कुचनको अर्थ हल्कारूपमा मन्दी सुरु भएको छ”, क्यापिटल इकोनमिक्सक विश्लेषक एशले वेबले भन्नुभयो, “तर सानो मन्दी भए पनि वा नभए पनि सन् २०२४ को पूरा वर्षमा जिडिपी सुस्त रहने अनुमानका लागि यो ठूलो तस्बिर हो ।”
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण