लण्डन । पूर्व गोरखा सैनिक तथा कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई बेलायतको प्रतिष्ठित लोफब्रो विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ ।
विश्वविद्यालयको शरदकालिन दीक्षान्त समारोहमा यसैसाता पुर्जालाई सो उपाधि प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ ।
उनको अद्वितीय सफलतालाई कदर गर्दै विश्वविद्यालयले सो उपाधि दिएको बताएको छ । पुर्जाले सैन्य सेवा र पर्वतारोहणका क्षेत्रमा पाएको उल्लेखनीय सफलताको कदर गर्दै सो उपाधि दिइएको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पुर्जाले १६ वर्ष बेलायती सेनामा बिताएका थिए । शुरुमा गोर्खा सैन्यमा भर्ती भएको म्याग्दीका पुर्जाले बेलायतको विशेष सेना (स्पेशल आर्मी) मा १० वर्ष बिताएका थिए ।
त्यसपछि सैन्यसेवा त्यागेर पर्वतारोहणमा लागेका थिए । उनले सबैभन्दा कम समयमा विश्वका आठ हजार मिटर भन्दा माथिका हिमालहरुको आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका थिए । उनले पर्वतारोहणका क्रममा अलपत्र परेका पर्वतारोहीहरुको उद्धार पनि गरेका थिए ।
बेलायती महारानीले उनलाई सन २०१८ मा एमबीई पदवी समेत प्रदान गरिसकेकी छिन् ।
दीक्षान्त समारोहमा पुर्जाले दीक्षित विद्यार्थीहरुलाई ठूलो सपना देख्न अपील गरे । उनले सपना सम्भव छैन भन्नेहरुलाई नसुन्न र आत्मानुशासन र आफ्नो लक्ष्यमा विश्वास गर्न सुझाव दिए ।
सन् २०१२ मा सो विश्वविद्यालयको बिज्नेस स्कुलमा पुर्जा सेक्युरिटी म्यानेजमेन्ट विषयमा स्नातकोत्तर गर्न भर्ना भएका थिए । उनले सन् २०१४ मा सो अध्ययन पूरा गरेका थिए ।
सन् २०२२ मा उनलाई सो विश्वविद्यालयको बिज्नेस स्कुलबाट प्रतिष्ठित अल्मुनाइ अवार्ड पनि दिइएको थियो ।
विश्वविद्यालयले पुर्जासहित अरु पाँच जना विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका महानुभावहरुलाई पनि मानार्थ विद्यावारिधि प्रदान गरेको छ ।

सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा