लण्डन । पूर्व गोरखा सैनिक तथा कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई बेलायतको प्रतिष्ठित लोफब्रो विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ ।
विश्वविद्यालयको शरदकालिन दीक्षान्त समारोहमा यसैसाता पुर्जालाई सो उपाधि प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ ।
उनको अद्वितीय सफलतालाई कदर गर्दै विश्वविद्यालयले सो उपाधि दिएको बताएको छ । पुर्जाले सैन्य सेवा र पर्वतारोहणका क्षेत्रमा पाएको उल्लेखनीय सफलताको कदर गर्दै सो उपाधि दिइएको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पुर्जाले १६ वर्ष बेलायती सेनामा बिताएका थिए । शुरुमा गोर्खा सैन्यमा भर्ती भएको म्याग्दीका पुर्जाले बेलायतको विशेष सेना (स्पेशल आर्मी) मा १० वर्ष बिताएका थिए ।
त्यसपछि सैन्यसेवा त्यागेर पर्वतारोहणमा लागेका थिए । उनले सबैभन्दा कम समयमा विश्वका आठ हजार मिटर भन्दा माथिका हिमालहरुको आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका थिए । उनले पर्वतारोहणका क्रममा अलपत्र परेका पर्वतारोहीहरुको उद्धार पनि गरेका थिए ।
बेलायती महारानीले उनलाई सन २०१८ मा एमबीई पदवी समेत प्रदान गरिसकेकी छिन् ।
दीक्षान्त समारोहमा पुर्जाले दीक्षित विद्यार्थीहरुलाई ठूलो सपना देख्न अपील गरे । उनले सपना सम्भव छैन भन्नेहरुलाई नसुन्न र आत्मानुशासन र आफ्नो लक्ष्यमा विश्वास गर्न सुझाव दिए ।
सन् २०१२ मा सो विश्वविद्यालयको बिज्नेस स्कुलमा पुर्जा सेक्युरिटी म्यानेजमेन्ट विषयमा स्नातकोत्तर गर्न भर्ना भएका थिए । उनले सन् २०१४ मा सो अध्ययन पूरा गरेका थिए ।
सन् २०२२ मा उनलाई सो विश्वविद्यालयको बिज्नेस स्कुलबाट प्रतिष्ठित अल्मुनाइ अवार्ड पनि दिइएको थियो ।
विश्वविद्यालयले पुर्जासहित अरु पाँच जना विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका महानुभावहरुलाई पनि मानार्थ विद्यावारिधि प्रदान गरेको छ ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा