
लण्डन । बेलायतमा नोभेम्बर महिनामा मुद्रास्फिति अपेक्षा गरिएभन्दा बढी घटेको छ ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार प्रकाशन गरेको तथ्यांकअनुसार नोभेम्बरमा बेलायतको मुद्रास्फिति ३.९ प्रतिशत रहेको थियो । यसअघि अक्टोवर महिनामा सो दर ४.६ प्रतिशत रहेको थियो ।
रोयटरका अर्थशास्त्रीहरुले नोभेम्बरमा बेलायतको मुद्रास्फिति ४.४ प्रतिशत रहने पूर्वानुमान गरेका थिए ।
विश्लेषकहरुले इन्धनको मूल्यमा आएको कटौतीका कारण मुद्रास्फिति घटेको विश्लेषण गरेका छन् ।
मुद्रास्फितिमा आएको गिरावटको वावजुद पनि सामानहरुको मूल्य भने बढिरहेको पाइएको छ । तथापि मूल्यवृद्धिको दर सुस्त रहेको छ भने केही वस्तुहरुको मूल्य घटेको पाइएको छ ।
मुद्रास्फिति घटे पनि वर्तमान प्रधानमन्त्री ऋषि सुनकले तय गरेका पाँच प्राथमिकतामध्ये मुद्रास्फितिलाई २ प्रतिशतमा झाने सरकारको लक्ष्य भने पूरा हुन डिसेम्बर महिनाको तथ्यांक कुर्नपर्ने भएको छ । यद्यपि सो लक्ष्य हासिल हुनेमा अर्थशास्त्रीहरुले आशंका व्यक्त गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा