
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको विशेष निमन्त्रणामा पोखराका बौद्ध धर्मगुरु खेन्पो किरण तुलाचन लण्डन आइपुगेका छन् ।
बीसीसी यूकेले आउँदो ३१ डिसेम्बर अर्थात् पौष १५ गते तमू (गुरुङ) हरुको महान पर्व मुप्री ल्हो (गरुड बर्ग) को अवसरमा आयोजना गर्न लागेको धार्मिक पूजापाठका लागि मंगलबार उनी लण्डन आइपुगेका हुन् ।
उनलाई बीसीसी यूकेका खेन्पो गुरु कर्म छुल्त्रिम, उपाध्यक्ष एवं तमू ल्होछार संयोजक क्याप्टेन देब घले, पूर्व संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, वर्तमान आमा सचिव शारदा गुरुङ, आमा सहसचिव पवित्र गुरुङ, सल्लाहकार कमल गुरुङ, सल्लाहकार पूर्ण गुरुङ लगायत आफन्तजन, इष्टमित्र र शुभचिन्तकहरुले हिथ्रो एयरपोर्टमा खादा लगाई स्वागत गरेका थिए ।
खेन्पो तुलाचनले बीसीसी यूकेले आयोजना गरेको तमू ल्होछारमा धार्मिक प्रवचन, दीप प्रज्ज्वलन, घ्यासी, आयु, छोग, घनचक्र पूजाका साथसाथै आयूको अभिषेक प्रदान गर्ने कार्यक्रम रहेको संयोजक क्याप्टेन देब घलेले जानकारी दिए । साथै, ल्होछार कार्यक्रममा खेन्पो छेवाङ्ग, बीसीसी यूके खेन्पो कर्म छुल्त्रिम, लामा हर्कजंग घले, लामा प्रदीप, लामा पुरनलगायत धर्मगुरुहरुले पूजापाठ भएको छ । उक्त कार्यक्रममा सहभागी हुनका लागि बेलायतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा बीसीसी यूकेले हार्दिक अनुरोध गरेको छ ।
स्मरण रहोस् बीसीसी यूकेले प्रत्येक बर्ष तमू ल्होछारलाई बिशेष महत्व दिई बृहत पूजाको आयोजना गर्दै आएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण