
लन्डन । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) आउंदो बिहीबार (२१ डिसेम्बर) सांझ ५:३५ मा लन्डन उत्रने भएका छन् ।
मह जोडी यूके टुर’ का लागि कलाकारद्वय उक्त दिन हिथ्रो टर्मिनल ४ मा आइपुग्ने आयोजक द गोर्खा सेन्टरले जनाएको छ ।
सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह जोडीको भव्य स्वागत गर्ने तयारी भएको जनाउंदै त्यस दिन बेलायतवासी नेपाली दर्शक, पत्रकारहरु र आयोजक समितिका पदाधिकारीलाई सहभागी भइदिन अपिल गरेका छन् ।
‘मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको बेलायत आगमन हामी समस्त नेपालीका लागि गर्वको कुरा पनि हो’, तामाङले भने, ‘त्यस दिन तपाईं हामी एयरपोर्टमा पुग्न सक्यौं भने भेट्रान कलाकारहरुको हौसला बढ्ने छ ।’
बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले मह टुरको व्यापक तयारी गरेको छ ।
मह जोडीको पहिलो कार्यक्रम आउंदो शनिबार (२३ डिसेम्बर) दिउसो हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुने भएको छ ।
ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवालगायत कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईले पनि प्रस्तुति दिनेछन् ।
मह प्रस्तुति अवलोकन गर्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, स्थानीय मेयरहरु, काउन्सिलरहरु, नेपाली संघसंस्थाका प्रमुख आदि सहभागी हुने बताइएको छ ।
दर्शकहरुमा उत्साह
मह जोडीको कार्यक्रम हेर्न दर्शकहरु निकै उत्साहित रहेको आयोजकले जनाएका छन् ।
प्रहसन हेर्न लन्डनबाहिरका शहर पिटरबरो, रेडिङ, टिडवर्थ, अक्सफोर्डसायर, ग्लोष्टरसायर, आयल्सबरी, वार्टफोर्ड लगायतबाट दर्शक आउन लागेको भीम तामाङले बताए ।
‘दर्शकहरुले शोका लागि एकदम उत्साह देखाइरहनुभएको छ । म कार्यक्रम व्यवस्थापनमा लाग्नु परेकाले सबै फोन रेस्पोन्स गर्न सम्भव नहुन सक्छ । त्यसकारण तपाईंहरुले अनलाइन टिकट सुनिश्चित गरि कार्यक्रम नछुटाउन मेरो सुझाव छ’, उनले भने ।
यो लिंकमा गएर टिकट किन्न सकिन्छ:
ह्यारो :
अल्डरशट :
सेन्टरले एडभान्समा टिकट लिए जम्मा २५ पाउण्ड एवं विद्यार्थी र ६० वर्षमाथिका दर्शकका लागि २० पाउण्ड शुल्क राखेको छ ।
टिकट सम्बन्धी कुनै पनि जिज्ञासा भए मधु गुरुङ (07585806914) र प्रतिमा जोशी (07793055224) लाई सम्पर्क गर्न पनि सेन्टरले आग्रह गरेको छ।
यो कार्यक्रमबाट बचत भएको सम्पूर्ण रकम गोर्खा भेट्रानहरुलाई मदत गर्न खर्च गरिने द गोर्खा सेन्टरले जनाएको छ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा