
लन्डन । बेलायतको एक पुरानो सामाजिक संस्था, बर्न्टओक नेपाली समाज यूके, को साधारण सभाले खमीरजंग गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ।
स्थानीय टेरिटरियल आर्मीको सभाकक्षमा शनिबार बसेको साधारण सभाले आगामी तीन वर्षको लागि कार्य समिति निर्विरोध निर्वाचित गरेको हो।
नयाँ कार्य समितिमा मुरारी थापा तथा श्रीमती मन्जु गुरुङ उपाध्यक्ष, महासचिव श्रीमती हेलिशा गुरुङ, सचिव प्रेम कॅडेल, कोषाध्यक्ष महेन्द्र गुरूङ, सहकोषाध्यक्ष थोकराज गुरूङ, सांस्कृतिक सचिव उमेश खड़का, खेलकुद् सचिव दल बहादुर गुरूङ, मिडिया संयोजक भगीरथ योगी तथा ज्येस्ट नागरिक संयोजकमा शेर बहादुर आले चयन भएका छन्।
त्यस्तै आमा समूहको कार्यसमितिमा अध्यक्ष श्रीमती मन्जु गुरुङ, उपाध्यक्ष श्रीमती कमला गुरुङ, सचिव श्रीमती सपना खनियाँ, कोषाध्यक्ष श्रीमती पार्वती गुरुङ र सहकोषाध्यक्ष श्रीमती दुर्गा गुरुङ रहेका छन् ।
निर्वाचन समितिका अध्यक्ष (प्रमुख आयुक्त) रमेश गुरुङले नवनिर्वाचित कार्य समितिको नाम घोषणा गरेका थिए ।
निर्वाचन समितिका सदस्यहरुमा सुरेश गौतम, टेकमान गुरुङ, मोहन गुरुङ तथा श्रीमती दुर्गा गुरुङ रहेका थिए।
नवनिर्वाचित अध्यक्ष खमिरजंग गुरुङले आफ्नो कार्यकालमा युवाहरुलाई प्रोत्साहित गर्दै नेपाली संस्कृतिको सम्वर्द्धन गर्ने बताए। मर्दा पर्दा समाजले आफ्ना सदस्यहरुलाई सहयोग गर्ने गरेको बताउँदै उनले नेपालमा आपदविपद पर्दा पनि समाजले सहयोग गर्दै आएको स्मरण गरे।
नयाँ कार्य समितिलाई बधाई दिंदै समाजका पूर्व अध्यक्ष तथा बार्नेट काउन्सिलका पूर्व उपमेयर लक्ष्य गुरुङले लन्डन बरो अफ बार्नेट बेलायतमा सबैभन्दा धेरै जातजातिहरु बसोबास गर्ने काउन्सिल भएको बताए। ‘यहाँ १९० वटा विभिन्न भाषाहरु बोलिन्छ र जनसंख्याको हिसाबले बार्नेट लन्डनको सबभन्दा ठूलो काउन्सिल पनि हो सन् २०१९ देखि २०२१ मा यस काउन्सिलको उपमेयरको रुपमा विभिन्न कार्यक्रमहरुमा उपस्थित हुँदै गर्दा सबै समुदायले बेलायतमा आफ्नो पहिचान स्थापित गर्नको लागि धेरै मेहनत गरेको थाहा पाएँ । हामी पनि हाम्रो पहिचान बलियो बनाउनको लागि सबै एकजुट भएर लाग्नु पर्छ र हाम्रो सन्ततिहरुलाई हाम्रो कार्यक्रमहरुमा सहभागी बनाएर उनीहरुलाई जिम्मेवारी दिनु पर्छ’, उनले भने ।
समाजका अध्यक्ष बिष्णु गुरुङको अध्यक्षतामा बसेको पहिलो सत्रमा महासचिव, कोषाध्यक्ष तथा आमा समूहको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। महासचिव डिलमाया गुरुङले सभा संचालन गरेकी थिइन्।
निवर्तमान कार्यसमितिका अध्यक्ष बिष्णु गुरुङले आफ्नो नेतृत्वको कार्यसमिति लगायत समाजलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण