
लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको अध्यक्षमा बम थापा सूर्यवंशीमगर निर्वाचित भएका छन् ।
फोनिज युकेको शनिबार अल्डरसटमा सम्पन्न चौथो अधिवेसनले सूर्यवंशीको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ कार्यसमिति चयन गरेको हो । सूर्यवंशी बेलायतबाट सन्चालित लण्डनकाठमान्डू डटकमका सम्पादक हुन् ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष लीला सेलिङ माबो, सचिव अमित थेबे, सहसचिव तेज माबो, कोषाध्यक्ष डा महा राई र सदस्यहरूमा जेबी राई, विश्वजीत थापा, पम्फा गुरुङ, रोमियन वनेम, ईश्वर चाम्लिङ राई र रूद्र थापा रहेका छन् ।
नयाँ कार्यसमिति चयनका लागि पूर्व अध्यक्ष विश्वासदीप तिगेलाको संयोजकत्वमा तीन सदस्सीय निर्वाचन समिति गठन गरिएको थियो जसमा पूर्व अध्यक्षहरू प्रमिला लाबुङ राई र किरण टी लिम्बु रहेका थिए । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक तिगेलाले सपथ गराएका थिए भने नवनिर्वाचित अध्यक्ष सूर्यवंशीले प्रतिवद्धता मन्तब्य ब्यक्त गरेका थिए ।
यसअघि सम्पन्न उद्घाटन सत्रमा नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका पूर्व सचिव भक्त दुरा, दुरा सेवा समाज युकेका अध्यक्ष फाराम दुरा, मगर संघ युकेका पूर्व अध्यक्ष सुनिल राना, वर्तमान उपाध्यक्ष रूद्र थापा, किरात राई यायोख्या युकेका अध्यक्ष चन्द्रबहादुर राई, कार्यबाहक महासचिव ईश्वर चाम्लिङ राई, शिव कल्चरका अध्यक्ष वाचस्पति रेग्मी, सल्लाहकारहरू एकेन्द्र गुरुङ, नरेश खपाङ्गीमगर, संस्थापक अध्यक्ष पूर्ण गुरुङ, पूर्व अध्यक्षहरू किरण टी लिम्बु, विश्वासदीप तिगेला र प्रमिला लाबुङ राई, विशाल चौतारी च्यानलका विशाल राई लगायतले अधिवेसनको सफलताको शुभकामना दिएका थिए ।
अधिवेसनमा सचिव लीला सेलिङ माबोले संगठनको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षको अनुपस्थितिमा अध्यक्ष गोमा रानाले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।
अध्यक्ष गोमा रानाको अध्यक्षता तथा सचिव लीला सेलिङले सन्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष बम थापा सूर्यवंशीमगरले स्वागत मन्तब्य दिएका थिए ।

तस्वीर मिलन तमू
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण