
लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको अध्यक्षमा बम थापा सूर्यवंशीमगर निर्वाचित भएका छन् ।
फोनिज युकेको शनिबार अल्डरसटमा सम्पन्न चौथो अधिवेसनले सूर्यवंशीको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ कार्यसमिति चयन गरेको हो । सूर्यवंशी बेलायतबाट सन्चालित लण्डनकाठमान्डू डटकमका सम्पादक हुन् ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष लीला सेलिङ माबो, सचिव अमित थेबे, सहसचिव तेज माबो, कोषाध्यक्ष डा महा राई र सदस्यहरूमा जेबी राई, विश्वजीत थापा, पम्फा गुरुङ, रोमियन वनेम, ईश्वर चाम्लिङ राई र रूद्र थापा रहेका छन् ।
नयाँ कार्यसमिति चयनका लागि पूर्व अध्यक्ष विश्वासदीप तिगेलाको संयोजकत्वमा तीन सदस्सीय निर्वाचन समिति गठन गरिएको थियो जसमा पूर्व अध्यक्षहरू प्रमिला लाबुङ राई र किरण टी लिम्बु रहेका थिए । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक तिगेलाले सपथ गराएका थिए भने नवनिर्वाचित अध्यक्ष सूर्यवंशीले प्रतिवद्धता मन्तब्य ब्यक्त गरेका थिए ।
यसअघि सम्पन्न उद्घाटन सत्रमा नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका पूर्व सचिव भक्त दुरा, दुरा सेवा समाज युकेका अध्यक्ष फाराम दुरा, मगर संघ युकेका पूर्व अध्यक्ष सुनिल राना, वर्तमान उपाध्यक्ष रूद्र थापा, किरात राई यायोख्या युकेका अध्यक्ष चन्द्रबहादुर राई, कार्यबाहक महासचिव ईश्वर चाम्लिङ राई, शिव कल्चरका अध्यक्ष वाचस्पति रेग्मी, सल्लाहकारहरू एकेन्द्र गुरुङ, नरेश खपाङ्गीमगर, संस्थापक अध्यक्ष पूर्ण गुरुङ, पूर्व अध्यक्षहरू किरण टी लिम्बु, विश्वासदीप तिगेला र प्रमिला लाबुङ राई, विशाल चौतारी च्यानलका विशाल राई लगायतले अधिवेसनको सफलताको शुभकामना दिएका थिए ।
अधिवेसनमा सचिव लीला सेलिङ माबोले संगठनको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षको अनुपस्थितिमा अध्यक्ष गोमा रानाले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।
अध्यक्ष गोमा रानाको अध्यक्षता तथा सचिव लीला सेलिङले सन्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष बम थापा सूर्यवंशीमगरले स्वागत मन्तब्य दिएका थिए ।

तस्वीर मिलन तमू
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा