
लण्डन । बेलायतको केन्द्रीय बैँक बैँक अफ इङ्गल्याण्डले आधारभूत ब्याजदर यथावत राख्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मौद्रिक समितिको बैठकले तेस्रोपटक आधारभूत ब्याजदर ५.२५ प्रतिशतमा राख्ने निर्णय गरेको हो ।
बैँकका गभर्नर आन्ड्रयू बेलीले अहिले नै ब्याजदर घटाउनु हतारो हुने बताएका छन् ।
बेलायतमा यस वर्षको अन्त्यसम्ममा मुद्रास्फिति २ प्रतिशतमा झार्ने सरकारको लक्ष्य रहेकोमा सो पूरा नभएको आँकलन गरिएको छ । गत अक्टोबरको तथ्याङ्कअनुसार बेलायतको मुद्रास्फिति ४ प्रतिशत रहेको थियो भने त्यसयताको तथ्याङ्क आउन बाँकी छ ।
विहीबार बसेको मौद्रिक समितिको बैठकमा तीन सदस्यले ब्याजदर बढाउनु पर्ने र बाँकी ६ सदस्यले यथावत कायम राख्नुपर्ने पक्षमा मत दिएका थिए ।
अमेरिका र युरोपको भन्दा उच्च मुद्रास्फितिको सामना गरिरहेको बेलायतमा अब अर्को वर्ष मात्र ब्याजदरमा कटौती हुने छ । तथापि बैँकहरूले भने पहिलेभन्दा कम ब्याजदरमा कर्जा दिन शुरु गरिसकेका छन् ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा