
लण्डन । बेलायतको केन्द्रीय बैँक बैँक अफ इङ्गल्याण्डले आधारभूत ब्याजदर यथावत राख्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मौद्रिक समितिको बैठकले तेस्रोपटक आधारभूत ब्याजदर ५.२५ प्रतिशतमा राख्ने निर्णय गरेको हो ।
बैँकका गभर्नर आन्ड्रयू बेलीले अहिले नै ब्याजदर घटाउनु हतारो हुने बताएका छन् ।
बेलायतमा यस वर्षको अन्त्यसम्ममा मुद्रास्फिति २ प्रतिशतमा झार्ने सरकारको लक्ष्य रहेकोमा सो पूरा नभएको आँकलन गरिएको छ । गत अक्टोबरको तथ्याङ्कअनुसार बेलायतको मुद्रास्फिति ४ प्रतिशत रहेको थियो भने त्यसयताको तथ्याङ्क आउन बाँकी छ ।
विहीबार बसेको मौद्रिक समितिको बैठकमा तीन सदस्यले ब्याजदर बढाउनु पर्ने र बाँकी ६ सदस्यले यथावत कायम राख्नुपर्ने पक्षमा मत दिएका थिए ।
अमेरिका र युरोपको भन्दा उच्च मुद्रास्फितिको सामना गरिरहेको बेलायतमा अब अर्को वर्ष मात्र ब्याजदरमा कटौती हुने छ । तथापि बैँकहरूले भने पहिलेभन्दा कम ब्याजदरमा कर्जा दिन शुरु गरिसकेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा