लण्डन । सञ्चारकर्मी, लेखिका तथा विश्वव्यापी विकासका अभियन्ता डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’लाई युनिभर्सल पिस फेडरेशनद्वारा प्रतिष्ठित ‘एम्बेसडर फर पिस’ अवार्डबाट लण्डनमा सम्मानित गरिएको छ ।
डिसेम्बर ९ मा आयोजित अवार्ड समारोहमा शान्ति स्थापना र अन्तर्राष्ट्रिय विकासमा उनको योगदानको कदर गरिएको थियो ।
विकास संचारमा १५ वर्षभन्दा बढीको अनुभव संगालेकी श्रेष्ठको महिला अधिकार, विश्वव्यापी शिक्षा, अनुसन्धान संचार र वातावरणीय संरक्षणमा योगदान रहेको छ । हाल फिड द माइन्ड्स, लन्डनस्थित अन्तर्राष्ट्रिय विकास संस्थामा उनी अफ्रिकी तथा एशियाका विभिन्न देशहरुमा गरिबीमा परेका महिलाहरूलाई शिक्षाको माध्यमबाट सशक्त बनाउने अभियानमा संलग्न छिन् ।
‘एम्बेसडर फर पिस’ अवार्डले सामंजस्यपूर्ण संसार सिर्जना गर्ने उनको प्रतिबद्धतालाई झल्काउँछ ।
प्रतिष्ठित पुरस्कार प्राप्त गरेपछि उनले कृतज्ञता व्यक्त गर्दै भनिन्, “शान्तिका लागि राजदूतको रूपमा मान्यता प्राप्त गर्न पाउँदा म अत्यन्तै सम्मानित महसुस गर्दैछु । यो पुरस्कारले मलाई थप योगदान गर्न उत्प्रेरित गर्दछ ।“
“युनिभर्सल पिस फेडेरेसन एम्बेसेडर फर पिस अवार्डले समुदाय र सीमानामा शान्ति र सद्भावलाई बढावा दिनको लागि राम्रो नेतृत्व, वकालत र प्रतिवद्धता प्रदर्शन गरेका व्यक्तिहरूलाई सम्मान गर्दछ“, युनिभर्सल पिस फेडरेशन युकेका निर्देशक मार्गरेट अलीले भने ।
“यो पुरस्कार प्राप्त गर्नेहरूले अहिलेसम्म हासिल गरेका कामहरूको लागि मात्र होइन; शान्ति पुरस्कारबाट सम्मानित अन्य विद्यमान राजदूतहरूसँगै समाजको लागि थप काम गर्न प्रोत्साहित गर्दछ । फेडरेसनमा हाम्रो टोलीले योग्य व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेर राम्रो गर्ने कोसिस गर्छ,“ उनले थपे।
युनिभर्सल पिस फेडेरेसन संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषद्सँग सामान्य परामर्शको स्थितिमा एनजीओको रुपमा रहेको विश्वव्यापी संस्था हो । फेडरेसनले संयुक्त राष्ट्र संघको कामलाई सहयोग । विशेषगरी अन्तरधर्म शान्ति निर्माण, शान्ति शिक्षा, र विवाह र परिवारको सुदृढीकरणका क्षेत्रमा । यसले १६० भन्दा बढी देशहरूमा एम्बेसडर फर पिस अवार्डबाट योग्य व्यक्तिहरूलाई सम्मानित गरेको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण