
लण्डन । बेलायतमा अध्ययनका लागि आएको चार दिनमै निधन भएकी ३१ वर्षीय कमला गुरुङको मृत्यु आन्तरिक रक्तस्रावबाट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
उनको नजिकका आफन्तहरुको चिकित्सकसँगको भेटमा चिकित्सकले सो जानकारी दिइएको बताइएको छ । कमलाको जस्तो आकस्मिक मृत्यु महिलाहरूमा अति विरलै हुने र करिब १ लाख महिलामा एक जनालाई मात्र त्यस्तो समस्या हुने गरेको पनि बताइएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहाले भने कमलाको निधनलाई चिकित्सकले ‘नेचुरेल डेथ’ बताएको जानकारी दिए ।
डिसेम्बर ३ मा पेट दुखाई असह्य भएपछि उनलाई उपचारका लागि एम्बुलेन्समा हालेर रोयल बर्कसायर अस्पताल रेडिङमा लगिएकोमा उनको केही समयपछि नै निधन भएको घोषणा गरिएको थियो ।
डिसेम्बर ५ मा उनका श्रीमान निरज गुरुङ बेलायत आएपछि भोलिपल्ट कमलाको शव हेर्न र चिकित्सकसित भेट गर्न दिइएको थियो ।
अध्यक्ष गाहाका अनुसार अब कमलाको शव अस्पतालबाट रिलिज भएपछि उनको अन्तिम सँस्कार बेलायतमै गरिने छ । हालसम्मको सल्लाहअनुसार कोल्मा बहाकोट समाज युकेले कमलाको परिवारलाई सहयोगको संयोजन गर्ने र एनआरएनए युके, स्याङजा समाज युके र ग्रेटर रेडिङ नेपलिज सोसाइटीले सहयोग गर्ने तय भइसकेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा