
लण्डन । बेलायतमा अध्ययनका लागि आएको चार दिनमै निधन भएकी ३१ वर्षीय कमला गुरुङको मृत्यु आन्तरिक रक्तस्रावबाट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
उनको नजिकका आफन्तहरुको चिकित्सकसँगको भेटमा चिकित्सकले सो जानकारी दिइएको बताइएको छ । कमलाको जस्तो आकस्मिक मृत्यु महिलाहरूमा अति विरलै हुने र करिब १ लाख महिलामा एक जनालाई मात्र त्यस्तो समस्या हुने गरेको पनि बताइएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहाले भने कमलाको निधनलाई चिकित्सकले ‘नेचुरेल डेथ’ बताएको जानकारी दिए ।
डिसेम्बर ३ मा पेट दुखाई असह्य भएपछि उनलाई उपचारका लागि एम्बुलेन्समा हालेर रोयल बर्कसायर अस्पताल रेडिङमा लगिएकोमा उनको केही समयपछि नै निधन भएको घोषणा गरिएको थियो ।
डिसेम्बर ५ मा उनका श्रीमान निरज गुरुङ बेलायत आएपछि भोलिपल्ट कमलाको शव हेर्न र चिकित्सकसित भेट गर्न दिइएको थियो ।
अध्यक्ष गाहाका अनुसार अब कमलाको शव अस्पतालबाट रिलिज भएपछि उनको अन्तिम सँस्कार बेलायतमै गरिने छ । हालसम्मको सल्लाहअनुसार कोल्मा बहाकोट समाज युकेले कमलाको परिवारलाई सहयोगको संयोजन गर्ने र एनआरएनए युके, स्याङजा समाज युके र ग्रेटर रेडिङ नेपलिज सोसाइटीले सहयोग गर्ने तय भइसकेको छ ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा