
लण्डन । उच्च शिक्षा अध्ययनका लागि बेलायत आएको चार दिनमै कमला गुरुङको मृत्यु भएको छ ।
स्याङ्जा विरुवा -४,ओरेष्टे स्थायी घर भएकी ३१ वर्षीय गुरुङ बेलायतको बीपीपी विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि बिहीबार बेलायत आइपुगेकी थिइन् । शुक्रबार उनी विद्यालयमा पुगिन् ।
बेलायतको रेडिङमा बज्यै र काइँला बाबाको साथमा बस्दै आएकी उनले शनिबार रेडिङबाट विश्वविद्यालयसम्म कसरी आउने जाने भनेर रेल यात्राको योजनामा बिताइन् । आइतबार बिहान अचानक उनलाई पेट दुख्यो, बान्ता पनि होला, दिसा पनि होला जस्तो भयो । उनले यो कुरा बज्यै र काइँला बाबालाई पनि भनिन् । भर्खरै बेलायत आएकी उनलाई केही खानेकुरा पनि गडबड भयो कि हावापानी नमिलेर पो त्यसो भयो कि भनेर तातोपानी खान, आराम गर्न सल्लाह दिइयो । तर अझै च्याप्दै गएपछि करिब सवा ५ बजेतिर उनलाई एम्बुलेन्स बोलाएर रोयल बर्कसायर अस्पताल लगिएको थियो । सोही साँझ उनको निधन भएको खबर अस्पतालबाट दिइएको गुरुङका आफन्त विसन गुरुङले बताए ।
दुई दिदीबहिनी र एक भाइमध्येकी जेठी उनी गत फेब्रुअरीमा मात्र वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । प्राविधिक गडबडीका कारण उनका श्रीमान् उनीसँगै बेलायत आउन पाएनन् । एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरका अनुसार उनका श्रीमान् भोलि (मंगलबार) दिउँसो बेलायत आइपुग्दैछन् ।
गाहासित कमलाका श्रीमानले कमला यसअघि कहिल्यै बिरामी नभएको र कुनै गम्भीर स्वास्थ्य समस्या पनि नभएको बताएका छन् ।
कमलाका बाबा, आमा नेपालमै बसोबास गर्छन् भने बज्यै पेन्सनरका रुपमा रेडिङमा बस्दै आएकी छिन् । उनका काइँला बाबा केही समयअघि मात्र हङकङबाट बेलायत आएका हुन् ।
गाहाले कमलाको श्रीमान् बेलायत आएपछि उनलाई कस्तो किसिमको सहयोग र साथको जरुरत पर्छ सो गर्न आफू तत्पर रहेको बताएका छन् । साथै ग्रेटर रेडिङ नेपाली कम्युनिटी, स्याङ्जा समाज युकेसित परामर्श गरेर आवश्यक सबै सहयोग गर्ने पनि प्रतिवद्धता उनले जनाए ।
बेलायतमा यसअघि नेपाली विद्यार्थी सदीक्षा तामाङको पनि अचानक निधन भएको थियो ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा