
लण्डन । गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन् ।
पूर्वधावकसमेत रहेका लामालाई नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै इलाम समाज बेलायतले सम्मान गरेको हो ।
समाजका अध्यक्ष टेकवीर राईले लामालाई ४ हजार ४ सय ७ पाउन्ड (७ लाख ३५ हजार ३ सय ५२ रुपैयाँ) सहित प्रशंसापत्र प्रदान गरेका थिए ।
लामा गायनमा पनि रुचि राख्छन् ।
उनी बेलायत आएको अवसर पारेर बेलायतको अल्डरसटमा लामाको एकल सांगीतिक कार्यक्रम भएको थियो ।
इलाम सोसाइटी बेलायतले आयोजना गरेको सो कार्यक्रमबाट बचेको रकम लामालाई सम्मानस्वरुप प्रदान गरिएको हो ।
लामाले सम्मानवापत प्राप्त रकम नेपालका दुर्गम क्षेत्रका खेलाडीलाई सहयोग गर्ने र केही रकम अनाथलय, वृद्धाश्रम र अपाङ्ग केन्द्रलाई सहयोग गर्ने बताए । यसअघि उनले जुम्लाका धावकलाई टीसर्ट र खेल सामग्री सहयोग गरेका थिए ।
लामाले ताइवान र जापानमा सम्पन्न एसियाली भेट्रान्स एथलेटिक्स च्याम्पियनसिपको ५ हजार मिटर दौडमा क्रमशः छैटौं र दसौं स्थान हासिल गरेका थिए ।
चर्चित गीतहरुका सर्जक लामाले यसअघि १० वटा एकल साँगीतिक कार्यक्रम गरिसकेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा