
लण्डन । पासा पुच गुथी युके लण्डनले बेलायतमा नयाँ नेपाल सम्वत ११४४ मनाएको छ ।
लण्डनको ग्रीनफोर्ड हलमा शनिबार आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य रहनुभएको थियो ।
कार्यक्रममा करिब ३०० सहभागी थिए ।
कार्यक्रममा अतिथिहरुलाई पन्चकन्याहरुबाट परम्परागत टीका र जजन्का लगाएर स्वागत गरिएको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि आचार्य, पासा पुच गुथीका बोर्ड अफ ट्रष्टीका अध्यक्ष सुशील प्रजापति, पासा पुच गुथी लण्डनका अध्यक्ष रुक्मिनी मानन्धरले संयुक्तरुपमा गर्नुभएको थियो ।
कार्यक्रममा वार्षिक गुथी म्यागेजिनको २३ औँ अंक पनि विमोचन गरिएको थियो ।
कार्यक्रममा बेलायतका राजाबाट हालै अर्डर अफ ब्रिटिश अम्पाउर (ओबिइ) पाउनु भएका संस्थाका संस्थापक महन्त श्रेष्ठलाई सम्मान गरिएको थियो ।
भिन्तुना र्याली, साँस्कृतिक प्रस्तुति, कुमारी नृत्य, महाकाली, लाखे नृत्य कार्यक्रमका प्रमुख आकर्षण रहेका थिए भने थुप्रै नेवारी र नेपाली गीत संगीत कुटभ र प्रयास ब्याण्डले प्रस्तुत गरेको थियो ।
धिमे र भुस्या बाजाको साथमा कुमारी यात्रा, लाखे आजु र पुलुकिसी पनि देखाइएको थियो ।
यसरी कला प्रस्तुत गर्ने सबै कलाकारहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा उपाध्यक्ष ओजेश सिंहले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा