
लण्डन । पासा पुच गुथी युके लण्डनले बेलायतमा नयाँ नेपाल सम्वत ११४४ मनाएको छ ।
लण्डनको ग्रीनफोर्ड हलमा शनिबार आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य रहनुभएको थियो ।
कार्यक्रममा करिब ३०० सहभागी थिए ।
कार्यक्रममा अतिथिहरुलाई पन्चकन्याहरुबाट परम्परागत टीका र जजन्का लगाएर स्वागत गरिएको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि आचार्य, पासा पुच गुथीका बोर्ड अफ ट्रष्टीका अध्यक्ष सुशील प्रजापति, पासा पुच गुथी लण्डनका अध्यक्ष रुक्मिनी मानन्धरले संयुक्तरुपमा गर्नुभएको थियो ।
कार्यक्रममा वार्षिक गुथी म्यागेजिनको २३ औँ अंक पनि विमोचन गरिएको थियो ।
कार्यक्रममा बेलायतका राजाबाट हालै अर्डर अफ ब्रिटिश अम्पाउर (ओबिइ) पाउनु भएका संस्थाका संस्थापक महन्त श्रेष्ठलाई सम्मान गरिएको थियो ।
भिन्तुना र्याली, साँस्कृतिक प्रस्तुति, कुमारी नृत्य, महाकाली, लाखे नृत्य कार्यक्रमका प्रमुख आकर्षण रहेका थिए भने थुप्रै नेवारी र नेपाली गीत संगीत कुटभ र प्रयास ब्याण्डले प्रस्तुत गरेको थियो ।
धिमे र भुस्या बाजाको साथमा कुमारी यात्रा, लाखे आजु र पुलुकिसी पनि देखाइएको थियो ।
यसरी कला प्रस्तुत गर्ने सबै कलाकारहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा उपाध्यक्ष ओजेश सिंहले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण