
लण्डन । गोरखा भूतपूर्व सैनिकहरूको विभिन्न समस्याहरूको समाधानका लागि नेपाल र बेलायतबीच चलिरहेको द्विपक्षीय वार्ता अन्तिम चरणमा पुगेको छ ।
अन्तिम वार्ता यही नोभेम्बर २२ का दिन बेलायतको वेष्टमिन्स्टरस्थित रक्षा मन्त्रालयमा हुने तय भएको छ ।
सो वार्तामा नेपाली टोलीको प्रतिनिधित्व बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले गर्नुहुने भएको छ भने नेपालबाट परराष्ट्र मन्त्रालयका युरोप महाशाखा हेर्ने सहसचिव पनि आउनुहुने भएको छ ।
वार्ताको तयारीका बारेमा शुक्रबार लण्डनस्थित नेपाली दुताबासमा गोरखा भूतपूर्व सैनिकहरूका सरोकारवाला प्रतिनिधिहरूसहित भएको छलफलमा सो वार्तामा गोरखाहरूका तर्फबाट भाग लिने प्रतिनिधिहरूको टुङ्गो लागेको छ । यसअघिका वार्तामा भाग लिँदै आउनुभएका मेजर रिटायर्ड जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङका अलावा यसपटक गोरखा सत्याग्रहका संयोजक कृष्णबहादुर राईले पनि भाग लिनुहुने वार्ता टोलीका सदस्य धर्मबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तिम वार्तामा गोरखा सत्याग्राहीहरूले समेत भाग लिन इच्छा व्यक्त गरेपछि थप दुई जना गोरखाका प्रतिनिधिहरू सरिक गराउन बेलायती रक्षा मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।
छलफलमा गोरखा भूतपूर्व सैनिक संस्थाहरूका प्रतिनिधिहरूले अन्तिम वार्तामा पेन्सन पहिलो माग हुनुपर्नेमा एक श्वर भएका छन् । पहिले पेन्सनको मागमा टुङ्गोमा पुगेपछि मात्र अरू विषयमा वार्ता अगाडी बढाउनु पर्ने उनीहरूको अडान छ ।
छलफलमा राजदुत आचार्यले पनि नेपाल सरकारको भनाइ पनि गोरखाहरूको जस्तै पेन्सनलाई नै वार्ताको पहिलो प्राथमिकता बनाउनुपर्छ भन्ने रहेको र सोही कुरा उठाउने बताउनुभएको तामाङले जानकारी दिए ।
छलफलमा राजदुताबासबाट राजदुत आचार्य, उपनियोग प्रमुख रोशन खनाल र सैनिक सहचरी रत्नबहादुर गोदार हुनुहुन्थ्यो भने गोरखाहरूका तर्फबाट सत्याग्राहीहरू ज्ञानराज राई, पुष्पा राणा घले र धनबहादुर गुरुङ, वार्ताकारहरू मेजर रिटायर्ड जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङ, गोरखा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका संयोजक कृष्णबहादुर राई, गोरखा भूतपूर्व सैनिक संघ (गेसो) उपसभापति क्षेत्रकला राई, शेर सुनार र मेजर रिटायर्ड उदयबहादुर गुरुङ सहभागी थिए ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा